• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जनमतलाई केपी ओलीले अपमान गरे : घनश्याम भुसाल

  •   आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । नेकपा एमाले परित्याग गरी रुपन्देही- १ मा सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले अघिल्लो निर्वाचनमा पाएको जनमतको अपमान गरेको टिप्पणी गरेका छन् । ‘अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा झण्डै दुई तिहाइ जनमत हासिल भएको थियो, तर ओलीले त्यसलाई आफ्नो दाइजो ठानेर जनमतकै अपमान गरे,’ भुसालले भने ।

    रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै नेता भुसालले यस्तो बताएका हुन् । प्राप्त जनमतलाई तत्कालीन नेकपाका अध्यक्ष ओलीले दाइजो जस्तो नठानेको भए नेकपा विभाजन नहुने भुसालको तर्क छ । धेरै समय ओलीकै आलोचनामा खर्चिएका भुसालले नेकपा जस्तो विशाल पार्टीलाई ध्वस्त पार्ने काम ओलीले नै गरेको आरोप लगाए ।

    नेता भुसालले ओलीमा राणाहरुको जस्तो दम्भ भएको बताए । ओलीको दम्भकै कारण कैंयौं निष्ठावान नेताको भविष्य समाप्त भएको भुसालको टिप्पणी थियो । निष्ठावान नेताहरुलाई ओलीले चुनावमा टिकटसमेत नदिएको प्रति संकेत गर्दै ओलीको एकल निर्णयले पार्टीमा विधि र नीति कायम गरेका नेताहरुलाई पाखा लगाएको भुसालले तर्क गरे । नेपालमा विश्वकै उत्कृष्ट संविधान बनेर देश समृद्धिको दिशामा लाग्न थालेको बेला संसद र संविधानमाथि नै प्रहार गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको उनको भनाइ छ ।

    दुई पटक संसद विघटन गर्ने ओली नेतृत्वको एमालेमा रहेका नेताहरुले जनताको घर दैलोमा भोट माग्नु लज्जाको विषय हुने उनको तर्क छ । ‘संविधान विघटन गर्नेहरुलाई भोट माग्न आउँदा प्रश्न गर्नुहोला, संविधान च्यात्नेलाई भोट दिने कि संविधानको रक्षा गर्नेलाई ?,’ उनले भने । त्रिभुज चुनाव चिह्न लिएर उम्मेदवार बनेका भुसालले मुलुकको समग्र विकासको लागि राजनीतिक स्थिरता र संविधानको कार्यान्वयन नै पहिलो शर्त भएको बताए ।

    कार्यक्रममा रुपन्देही-१ को प्रदेश सभा (१) का उम्मेदवार विश्वनाथ यादव र (२) का अब्दुल रज्जाकले पनि संविधानको रक्षा र उचित कार्यान्वयनका लागि पाँच दलीय गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे । रुपन्देही- १ मा एमालेका सचिव छविलाल विश्वकर्मा र एमालेबाट विद्रोह गरेका अर्का नेता टिकाराम चापागाईं प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.