सांकेतिक तस्विर
गौर । रौतहटमा फुसको गोठमा अचानक आगलगी हुुँदा लाखौ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । शुक्रबार रााती रौतहटको राजदेवी नगरपालिका वडा नं—३ चण्डियामा स्थानिय सुबलाल पटेलको गोठमा आगलागी हुँदा करिब २ लाख ५० हजार भन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरी चौकी बतसपुर ब्रह्मपुरीले जानकारी दिएका छन् । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर गोठमा आगलगी भएको प्रहरी चौकी बतसपुर ब्रह्मपुरीका असई राम प्रित यादवल जनाएका छन् । प्रहरीका अनुसार सो गोठमा रहेको गाई, बाख्रा, खशी र घर बनाउन राखिएको काठहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलगी परि एक भैंसी जलेर घाईते भएको छ । आगलगी हुँदा स्थानियले पनि छरकेर आगो नियन्त्रमा लिएका थिए ।








