• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

सम्मान तथा बिदाइको स्मरण : एक युगको अन्त्य

  •   शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बबिलाल तामाङ
    चितवन । २०७७ साउन २३ गते दिउँसो ठीक २ बजेर २० मिनेट जाँदा म चितवन पोष्ट दैनिकबाट सम्मानित भएको क्षण हो । सम्भवतः मेरो जीवनमा यो सम्मान अहिलेसम्मकै खास महत्व राख्दछ । महत्व यस मानेमा कि यो सम्मान मेरो १८ वर्षको अथक प्रयासमा प्राप्त फल हो । संस्थालाई दिएको योगदानको कदर हो । पैसा जो कोहीले पनि कमाउँछ तर मानसम्मान बिरलै मान्छेको भाग्यमा हुन्छ । आज मलाई यसरी संस्थाले सम्मान गरिरहँदा म आफूलाई निकै गौरवान्वित महसुस गरेको छु । यस सम्मानले मलाई थप अझ केही गर्न प्रेरणा मिलेको छ । साथै, सम्पूर्ण सहकर्मी एवम् कर्मचारी साथीहरुले म प्रति देखाउनु भएको माया ममता, स्नेह र अपनत्व त्यत्तिकै आत्मियताको आभाष हुन्छ । साथीहरुले प्रदान गर्नु भएको ‘मायाको चिनो’ले मलाई सदैव सम्झनाको दियो सरह हुने मैले ठानेको छु ।    २०७६ साल चैतबाट मैले यस संस्थाबाट अवकाश पाएको हुँ । संस्था र साथीहरुको चाहना सम्मान तथा बिदाइ चैतकै पहिलो सातामा गर्नुपर्छ भन्ने थियो तर विविध कारणवश समय लम्बिन पुग्यो । उहाँहरुको चाहना मेरै कारणले कुण्ठित भएको हो यसमा सबै साथीहरुसँग क्षमा चाहन्छु । तर, पनि ‘ढिलो आयो कडा आयो’ भनेझैँ कार्यक्रम छोटो समयमा उल्लासमयपूर्ण ढंगबाट सम्पन्न भयो । साथीहरुको उल्लेख्य सहभागिता र मलाई सम्मान तथा बिदाइ गर्न उत्साहित माहोल देखेर म ज्यादै खुसी भएको थिएँ त्यसबेला । सो अवसरमा मलाई सधैँ इज्जत र सम्मान गर्ने सुमित्रा कँडेलजी आउन सक्नु भएन । कारण उहाँ रुघाखोकीले ग्रस्त हुनुहुँदो रहेछ र अफिसले नै उहाँलाई बिदामा बस्न अनुरोध गरेको रहेछ । उहाँको शनिबार बिदा हुने भएकोले शुक्रबार नै कार्यक्रम सेट भएको थियो । करिब ५ दिनअघि कार्यक्रम गर्ने निर्णय भएको थियो तर दुर्भाग्यवश उहाँ बिरामीका कारण छुट्नु भयो । अर्का दुई जना सहसम्पादकद्वय रामबाबु सुवेदी र संगीत आयाम पनि उपस्थित हुनु भएन । उहाँहरु पनि काम विशेषले आउन सक्नु भएन । मनमा नरमाइलो त लागिरहेको थियो तर माहोल नै यस्तो भयो कि मैले सबै बिर्सिएँ । साह्रै रंगीन भएको थियो वातावरण । तर पनि कारणवश उपस्थित नहुनु हुने साथीहरुमा मेरो कसैसँग गुनासो छैन । कार्यक्रमको निर्धारित समय ठीक २ बजे भए पनि २ः१५ मा सुरू भएको थियो । कार्यक्रम सञ्चालक मित्र तुलमान गुरुङजी निकै उत्साहित भएर कार्यक्रम अघि बढाउँदै हुनुहुन्थ्यो । हँसिलो मुद्रामा उहाँले सबैलाई समेट्दै जानु भएको थियो । उहाँले बढो मिठो शैलीमा मेरो प्रशंसा अनि संस्थाको योगदानलगायत कार्यकुशलताको बारेमा सबै साथीहरुमाझ ब्रिफिङ गर्नुभयो । बबिलालजीले संस्था छोडेर गए पनि हामीलाई छोडेर जानु भएको हैन । हामी सदैवसँगै हुनेछौँ । किनकि उहाँको पत्रकारिता फिल्ड यथावत नै छ भन्दै मलाई नजिकै राख्न चाहनुहुन्थ्यो । म त भन्छु यो उहाँको अपनत्व हो । निकै प्रशंसनीय र योग्य ढंगले कार्यक्रम सञ्चालन गर्नु भएका मित्र तुलमानजीलाई धन्यवाद भन्न चाहन्छु । सम्मान तथा बिदाइ कार्यक्रममा कर्मचारीका तर्फबाट संस्थाका प्रमुख संवाददाता दिपेन्द्र अधिकारीजीले विगत १४ वर्षदेखि बबिजीलाई चिनेको र साथीहरुमा सबैका अग्रज भन्दै हुनुहुन्थ्यो तर मभन्दा अग्रज अरु एकजना पनि थिए । सहकर्मीमध्येका अग्रज, जिम्मेवार, पारिवारिक रुपमा पनि निकै कुशल ढंग प्रस्तुत हुँदै आउनुभएका बबिलालजी यस संस्थाका समावेशिताको पहिचान पनि हो भन्दै थिए साथीहरुलाई दिपेन्द्रजी । तर पनि त्यहाँ उपस्थित साथीहरुमा म नै अग्रज थिएँ किनकि १८ वर्ष जो काम गरेको थिएँ । मेरो सम्मान र बिदाइमा बोल्दै भविष्यमा पनि अझ बढी प्रगतिको कामना गर्नु भएकोमा दिपेन्द्रजीलाई धन्यवाद भन्न चाहन्छु । कार्यक्रममा दोसल्ला ओढाई सम्मान गर्ने कार्य संस्थाका प्रबन्ध निर्देशक गोविन्द अर्यालजीले गर्नुभएको थियो भने ‘मायाको चिनो’ सबै साथीहरुबाट संयुक्तरुपमा ग्रहण गरेँ । मायाको चिनोको लागि फेरि पनि सबै साथीहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहेँ । रह्यो सम्मान पत्रको लागि नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार सूर्यप्रकाश कँडेल तथा संस्थाका प्रबन्ध निर्देशक अर्याललगायतले संयुक्तरुपमा मलाई प्रदान गर्नुभएको थियो । यसरी मैले सम्मान ग्रहण गर्दैगर्दा एक किसिमको नौलो महसुस भएको थियो । कारण सबै साथीभाइ मात्र थिएँ । सूर्यप्रकाशजी मेरो सहपाठी साथी पनि हुनुहुन्छ । एकछिन त केटाकेटी भाँडाकुटी खेलेको जस्तो फिलिङ पनि भएको थियो । तर, संस्थाको पदीय हिसाबले गर्नुपर्ने काम कर्तव्यअनुसार जानु त पर्यो । यसरी साथीभाइबाट ठूलो सम्मान ग्रहण गरियो । यस्ता किसिमका सम्मान तथा बिदाइ सायदै कसैको होला दुनियाँमा । यसरी सम्मान तथा बिदाइले संस्थाका स्वर्गीय संस्थापकहरुलाई पनि सम्झनै चाहेँ । यस संस्थाका संस्थापक सम्पादक स्व। धर्मराज अर्याल तथा प्रबन्ध निर्देशक स्व। जीवराज अर्याल जो यस संस्थाका भाग्यविधाता हुन् । उहाँहरुलाई दुवैलाई स्मरण गर्न चाहेँ । उहाँहरु आज हामीहरुमाझ नरहे पनि उहाँहरुले देखाउनु भएको बाटो पछ्याइरहेका छौँ । उहाँहरुको अवसानसँगै आज एक युगको अन्त्य भएको छ र दोस्रो युगमा संस्था प्रवेश गरेको मैले ठानेको छु । समय परिस्थितिसँगै एक पुस्ताको अन्त्य भएको र दोस्रो पुस्तामा हस्तान्तरण भएको छ । अबको संस्था चलाउने जिम्मेवारी दोस्रो पुस्ताको काँधमा आएको छ अर्थात् उत्तराधिकारीमा आएको छ । हाल चितवन पोष्ट दैनिकमा सम्पादक प्रकाश अर्यालजी ९सुपुत्रः धर्मराज अर्याल० हुनुहुन्छ । र अन्तमा सम्मान तथा बिदाइमा सहभागी हुनुहुने नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार मित्र सूर्यप्रकाश कँडेलजी, संस्थाका प्रबन्ध निर्देशक गोविन्द अर्यालजी, सहसम्पादक केशव भट्टराईजी, प्रमुख सम्वाददाता दिपेन्द्र अधिकारीजी, सम्वाददाताहरु होमनाथ सापकोटाजी, तुलमान गुरुङजी, रामशरण गैरेजी, कुल काफ्लेजी, दिलीप केसीजी, संस्थाका कर्मचारी साथीहरु ध्रुव मैनालीजी, सर्मिला खनालजी, राजेन्द्र महतजी, अमृत श्रेष्ठजी, न्यूजप्रवाह डकटमका निर्देशक विक्रम गुरुङजी, भाइ चन्द्रप्रकाश उपाध्यायजी तथा कारणवश उपस्थित हुन नसक्नु भएका सहसम्पादकद्वय रामबाबु सुवेदीजी, संगीत आयामजी तथा कर्मचारी सुमित्रा कँडेलजीलगायत सबैसबैमा विशेष धन्यवाद दिन चाहन्छु ।

    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती
    व्यक्ति विशेष: डिजिटल नेपालको नेतृत्व गर्ने सपना बोकेका केशव नेपाल
    विचार: सूचना प्रविधि, सुशासन र विकास

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.