चितबन : जिल्ला प्रहरी कार्यालय चितबनले दिएको तथ्यांक अनुसार चालू ८ महिनामा २ सय थान मोबाइल हराएको निबेदन दर्ता भएको छ । जसमा १सय ५५ थान मोबाइल फेला परेको छ । फेला परेको मोबाइलहरु मध्ये १सय ५० थान मोबाईलहरु मोबाइल धनिलाई बुझाएको छ भने ५ थान मोबाईलहरु बुझाउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय चितबनका प्रहरी नायव उपनिरिक्षक ( प्रबक्ता) एक नारायण कोइरालाले बताए । उनले हराएको भनी जिप्रकामा निबेदन प्राप्त भएपश्चात् उपलब्ध स्रोतसाधन प्रयोग गरी खोजतलास तथा अनुसन्धान गर्ने गरेको बताए ।
उनले मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर दिएर उजुरी दिएपछि मोबाइल खोज्न सजिलो हुने बताए । उनले भने, ‘इएमआइइ नम्बर दिएपछि सिम फालेर मोबाइल चलाएपनि कहाँ चलिरहेको छ थाहा हुन्छ । चितबनबाट हराएका मोबाइलहरु पोखरा , तनहुँ जुनसुकै ठाउँमा सम्म पुगे पनि सक्दो कोसिस गरेर खोज्ने उनले बताए। फेला नपरेका मोवाइल सेटहरुको खोजतलास तथा अनुसन्धान भइरहेको पनि उनले बताए । उनले भने ” प्रविधि प्रयोग गरेर खोज्नु पर्ने हुदा समय लागेको हो फेला पर्ने बित्तिकै हामी सम्पर्क गर्छौ “। उनले आफुहरुले सक्दो कोसिस गरेको हुदा मोबाइल हराएको सम्बन्धि व्यक्तिहरुलाई ढुक्क हुन् आग्रह गरे।
जिल्ला प्रहरी कार्यालय चितबनले १सय ५० थान मोबाईल बुझायो
जिल्ला प्रहरी कार्यालय चितबनले १सय ५० थान मोबाईल बुझायो
- अ
- अ
- अ








