• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सुदूरपश्चिममा एमालेले मात्रै ल्यायो प्रदेश घोषणापत्र

  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । संघीयतापछि प्रदेश स्थापना भए पनि राजनीतिक दलले प्रदेशलाई भने खास्सै महत्व दिएका छैनन् । राजनीतिक दलले प्रदेशमा आफ्नो उम्मेदवार तोकेर प्रदेश सरकार बनाउने परिकल्पना गरे पनि प्रदेश सरकारले के गर्ने, कसरी काम गर्छ, प्रदेशका तत्कालीन र दीर्घकालिन योजना के हुने भन्ने बारेमा भने नेकपा एमालेबाहेक अन्य दलले प्रदेश घोषणा पत्र ल्याएका छैनन् । एमालेबाहेकका दलहरूले प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर जारी गरेका केन्द्रीय चुनावी घोषणापत्रलाई नै प्रदेश घोषणा पत्रका रुपमा लग्न थालेका छन् ।

    २०७४ सालको निर्वाचनमा पनि प्रदेश सभा सदस्यका उम्मेदवारहरू राजनीतिक दलको केन्द्रीय घोषणापत्रबाटै चुनावी प्रतिष्पर्धामा रहेका थिए । विभिन्न राजनीतिक दलहरूको प्रदेश संरचना भएपनि आफ्ना पार्टीका उम्मेदवारका लागि प्रदेश समितिहरुले एकीकृत चुनावी एजेण्डा बनाउनप्रति ध्यान दिन सकेको छैन । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाह (मनु)ले अहिले पार्टीको प्रदेश समितिले निर्वाचनलाई लक्षित गरेर चुनावी घोषणापत्र बारे कुनै तयारी नरहेको बताए ।

    उनले भने, ‘घोषणापत्र तयार गर्दा नौवटै जिल्ला समितिबाट राय सुझाव, विकासका एजेण्डाहरु संकलन गर्नुपर्छ । यसका लागि समय पनि छैन । त्यसैमा सत्ता गठबन्धन भएकाले गठबन्धन दलले संयुक्त रुपमा घोषणा पत्र तयारी गर्नुपर्ने हुन्थ्यो ।’ उनले कुनै पनि पार्टीले प्रदेश चुनावी घोषणापत्रबारे तयारी नगरेको बताए । नेकपा माओवादीका नेता विरमान चौधरीले पार्टीले प्रदेशको घोषणापत्र तयार नगरेको भएपनि उम्मेदवारले एकलरुपमा आफ्नो प्रतिवद्धतापत्र (घोषणापत्र) लिई मतदातामाझ गइरहेको बताए ।  ‘केन्द्रले समग्र रुपमा घोषणापत्र जारी गरिसकेको छ,’ उनले भने, ‘प्रदेश समितिको आफ्नै घोषणा पत्र बनाउने तयारी भने गरिएको छैन ।’

    एमालले जारी गर्यो प्रदेशको २७ बुदे संकल्प

    नेकपा एमालेले समृद्ध सुदुरपश्चिम निर्माणका लागि पाच बर्षको संकलप घोषणा गरेको छ । प्रदेशका प्राथमिकताका बिषयलाई २७ क्षेत्रमा वर्गीकरण गर्दै एमालेले बिकासको संकल्प गरेको छ । संकल्प पत्रमा प्रदेशभित्रका योजनाहरु भागबण्डामा हैन, प्राथमिकताका आधारमा योजना छनौट गर्ने र ती अवलम्बन गरिने घोषणा गरेको छ ।

    ‘समृद्ध सुदुरपश्चिमको आधार तयार गर्न २० वर्षीय प्रादेशिक रोडम्याप निर्माण गरिनेछ ।’ मंगलबार पाँच वर्षे संकल्पपत्र सार्वजनिक गर्दै नेकपा एमालेका सुदुरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले भने भने, ‘उक्त रोडम्यापअन्तर्गत दीर्घकालीन, मध्यकालीन तथा तत्कालन गर्नुपर्ने कामका क्षेत्रहरु पहिचान गरि योजनाहरू निर्माण गरिनेछ ।’ संघीय तथा स्थानीय सरकारसँगको सहकार्यमा प्रदेश भित्र आधारभुत शिक्षा निःशुल्क र अनिवार्य, माध्यशिक शिक्षा निःशुल्क र उच्चा शिक्षा सर्वसुलभ बनाइने संकल्प एमालेले गरेको छ ।

    प्रादेशिक पोलिटेक्निक इन्स्टिच्युट स्थापना र संचालन गरिने र प्रदेशका पचास हजार युवालाई बजारको मागअनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक सीप तालिम प्रदान गरि आय तथा रोजगारीसँग जोडिने एमालेको संकल्प रहेको सचिव पाठकले बताए । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिने संकल्प पत्रमा उल्लेख छ ।

    प्रदेशका नागरिकलाई स्वस्थ बनाउन सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गरिने, गेटा मेडिकल कलेजलाई मेडिकल विश्वबिद्यालयको रुपमा स्थापना र संञ्चालनमा ल्याउन संघीय सरकारसँग पहल गर्ने र गेटा मेडिकल कलेजभित्र अलग विभाग निर्माण गरि सिक्लसेल एनिमिया रोगको अनुसन्धान र निःशुल्क उपचारको व्ययवस्था मिलाइने संकल्प एमालेले गरेको छ । जिल्ला अस्पतालहरु र टीकापुर अस्पताललाई सुविधा सम्पन्न बनाउने र अछामको बयलपाटा अस्पताल सँचालनको सम्पुर्ण जिम्मा प्रदेश सरकारले लिने, सामुदायिक संस्थाको सहकार्यमा संञ्चालन गर्ने तथा बयलपाटा मोडललाई प्रवद्र्धन गरेर प्रदेशमा विस्तार गर्ने एमालेको संकल्प रहेको पाठकले बताए ।

    एमालेले पाँच वर्षभित्र सबै परिवारमा सफा र स्वच्छ पिउने पानी उपलव्ध गराउने र प्रदेशका सबै परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क दिने संकल्प समेत गरेको छ । संकल्प पत्रमा प्रदेशमा उन्नत र आधुनिक कृषिको प्रवद्र्धन गर्दै कृषिको वर्गीकरण गरिने र कृषि उत्पादनको अनुपातमा प्रोत्साहन अनुदान दिने व्यवस्था गरिने, तरकारी र फलफूल तथा फूल आयात न्युनीकरण गर्न तरकारी, फलफूल, र पुष्प खेती व्यवसायमा अनुदान प्रदान गरिने उल्लेख छ ।

    प्रदेश स्तरमा कृषि अनुसन्धान परिषद स्थापना गरि बालीको अनुसन्धान, बीउ उत्पादन र कृषि क्षेत्रको बिबिधिकरणमा सहयोग पुरयाइने संकल्प पत्रमा उल्लेख छ । बाजुरा, दार्चुला, बैतडी लगायतका दुर्गम जिल्लामा उत्पादन हुने स्याउ, ओखर जस्ता फलफुलको बजार बिस्तारमा अनुदानको व्यवस्था गरिने एमालेले संकल्प गरेको छ । पर्यटक विकासलाई प्रदेश समृद्धिको आधार मान्दै एमालेले जारी गरेको संकल्प पत्रमा बाजुराको बडीमालिका, बझाङको सुर्मादेवी, बैतडीको निङलासैनी, दार्चुलाको उदयदेव, अछामको बैजनाथ, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, कैलालीको बेहडाबाबा, र कन्चनपुरको सिद्धनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने एमालेको संकल्प पत्रमा उल्लेख छ ।

    प्रदेशका खप्तड, रामारोशन, शुक्लाफाटा तथा सैपाल जस्ता क्षेत्रलाई बिशेष पर्यटकीय गन्तव्यको रुपमा बिकास तथा प्रवद्र्धन गरिने संकल्प पत्रमा उल्लेख छ । प्रदेशको विकासका लागि मेक इन सुदूरपश्चिम अभियान सँचालन गरिने र देशभित्रै प्राप्त हुने कच्चा पद्धार्थमा आधारित उपभोग्य बस्तुहरुको उत्पादन गर्ने उद्योगहरु स्थापना गर्न स्टार्टअप फण्डको व्यवस्था गरिने, एक गाउँ एक उत्पादन, एक परिवार एक रोजगार भन्ने नाराका साथ रोजगारीका अवसर सिर्जना गरिने संकल्प पत्रमा उल्लेख छ ।

    सहज आवागमनको आधार तयार पार्न दिगो यातायातको पुर्वाधारलाई मानिएको संकल्पमा सबै पालिकाका केन्द्र जोड्ने पक्की सडक बनाइने, प्रदेशमा संचालित बस सेवाको न्युनतम मापदण्ड तोकी बस रोक्ने र ओराल्ने निश्चित ठाउँ तोक्ने संकल्प एमालेले गरेको छ । मुक्त हुन बाकी हलियाहरुको लगत लिई मुक्त घोषणा गर्ने र मुक्त हलिया, मुक्त कमैयाहरु, अति बिपन्न दलित, एकल महिला, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई आवासबिहीन हुन नदिन आवास सुविधा उपलब्ध गराइने, मुक्त कमैया, दलित, निम्न आय भएका वस्तीमा एकीकृत वस्ती बिकास अवधारणा लागु गर्ने एमालेले संकल्प गरेको छ ।

    प्रदेश भित्रका साना ठुला नदी नालाहरुमा विद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरि लगानीको लागि सहजीकरण गरिने, दुई वर्षमा विद्युतमा पहुच हुने जनसंख्या शत प्रतिशत पुरयाइने एमालेले संकल्प पत्रमा उल्लेख गरेको छ । सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउदयाममाम ३० युनिट विद्युत निःशुल्क उपलव्ध गराइने संकल्प पत्रमा उल्लेख छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.