• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनबाट प्रदेशको नेतृत्व गर्न म चुनाव लड्दै छु: देवी ज्ञवाली

  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन क्षेत्र नम्बर २ ‘क’ प्रदेश सभाका उम्मेदवार देवी ज्ञवाली देशभर नै चर्चित नाम हो । नेकपा एमालेको चितवनमा गत वर्ष सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएपछि ज्ञवालीको चर्चा झनै चुलिएको थियो । एमालेका पोलिटव्युरो सदस्य रहेका ज्ञवालीलाई चितवनका मतदाताहरुले बाग्मतीको भावी मुख्यमन्त्रीको रुपमा हेरेका छन् । सरल जीवनशैलीका ज्ञवाली स्थानीयस्तरमा लोकप्रिय छन् । निर्वाचनको प्रचारप्रसारमा निरन्तर सक्रिय रहेका ज्ञवालीसँग चुनावकै विषयलाई लिएर कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

     १. यसपटकको निर्वाचनमा कति खट्नु भएको छ ?

    मतदाताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ? निरन्तर लागि रहेको मान्छे हुनाले विजय गराउनुपर्ने भन्ने साहानुभूति पाएको छु । यो भन्दा पहिले मैले तीन पटक चुनाव लडेँ । त्यो भन्दा बढी सहानुभूति मैले अहिले व्यक्तिगत रुपमा प्राप्त गरेको अनुभुति गरिरहेको छु । सबै पक्षका साथीहरुको सदाचारिता छ । सबैको विश्वास मैले कदर गर्न सक्नुपर्छ । पार्टीभन्दा माथि उठेर दलीय सिस्टममा टिकट लिँदा एउटा दलकै तर्फबाट टिकट लिनुपर्ने बाध्यता छ । तर, मेरो व्यवहार फरक हुने छैन ।

    चितवनका सबै दलका कांग्रेसका माओवादीका राप्रपाका हुन् वा स्वतन्त्र व्यक्तित्वनै किन नहोस् सबैसँग मेरो एउटै व्यवहार हुने छ । दोस्रो मेरो संयोग कस्तो परे छ भने यो प्रदेशमा उम्मेदवारी दिँदा यस पटक रबि जी आउनु भाछ । तर, उहाँहरुको प्रादेशिक रुपमा उम्मेदवारी छैन । त्यति खेर उहाँहरुको पनि साहानुभूति तथा भोट हाल्ने ठाउँ नहुदा खाली राख्ने कुरा त गर्नु हुन्न होला । उहाँहरुलाई पनि देवी ज्ञवाली एउटा पीडामा परेको मान्छे हो भन्ने अनुभूति छ । माओवादीको पनि यो क्षेत्र भित्र प्रदेशमा उम्मेदवार छैन ।

    त्यस्तो स्थितिमा माओवादी साथीहरु पनि हिजोनै कम्युनिस्ट मुभमेन्टमा लागेको हो । हिजो पार्टीको निर्देशनमा माओवादी आफू व्यक्तिगतरुपमा भिक्टीम भएर पनि अनेकौ खालको आरोप प्रत्यारोप सहेर पनि पार्टीले गरेको निर्णयमा प्रचण्डलाई जिताउने जुन ढङ्गको एउटा सेक्रिफाइस गरेको हो । त्यसैले उसमा कम्युनिस्ट नैतिकता, चरित्र, इमान्दारिता र निर्णयलाई कार्यान्वयन गर्ने दृढता छ भन्ने विश्वास मैले उहाँहरुबाट प्राप्त गरेको छु ।

    २. मतदाताले युवा नेताहरु खोजिरहेको समयमा तपाई अग्रज नेताले मतदाताको मन जित्ने आधारहरु के के छन् ?

    लोकतन्त्रको आन्दोलनमा लागेका कांग्रेसका साथीहरु हामीले २०६१–०६२ को निरंकुशताको विरुद्ध लड्दा नारायणगढका निरंकुशताविरोधी जुलुस प्रदर्शनमा एउटा हातमा हसिया हतौडा अर्को हातमा चार तारे झण्डा बोकेर हामीसँगै टाउको फुटाउनेहरुमा कयौं कांग्रेसी लोकतान्त्रिक योद्धा सँगसँगै यो देवी ज्ञवाली पनि सँगै लडेको बिगतको इतिहास छ । तसर्थ सबै लोकतन्त्रवादी साथीहरुले पनि देवी ज्ञवाली एउटा निष्ठाको राजनीति गर्छ ।

    निरन्तर राजनीतिमा छ भन्ने कुरा प्रजातान्त्रिक साथीहरुको पनि विश्वास र शुभकामना मैले प्राप्त गरिरहेको हुनाले मलाई आशा एवम् विश्वास छ । यस पटक यस क्षेत्रका सबै मतदाताले मद्दत गर्नु हुने छ । चितवनको विकास देवी ज्ञवालीको भन्दा पनि प्रादेशिक नेतृत्व लिनको लागि यो मान्छेलाई हामीले प्रयोग गर्नुपर्छ । यहाँको विकासको लागि सत्पात्र बन्न सक्छन् देवी ज्ञवाली भन्ने जन विश्वास मैले देखिरहेको छु ।

    ३. तपाइँ चुनाव लड्न सक्ने सम्भावना अन्य क्षेत्रमा पनि हुँदाहुँदै चितवन–२ लाई नै किन रोज्नुभयो ?

    मेरो राजनीतिक क्रियाकलापको क्षेत्र यही हो । हिजो भरतपुर महानगरपालिकामा उपप्रमुखको काम गर्दा पनि मैले यही क्षेत्रबाट विजय प्राप्त गरेको थिए । यही क्षेत्रमा जनताको सेवामा आफूलाई समर्पित गरेको छु । यद्यपि म पार्टीको हिसाबले जिल्लाको समग्र कुरा भएपनि मेरो जनता यी निर्वाचन क्षेत्र भित्र रहेको हुनाले मेरो उम्मेदवारी यसैमा दिएको छु ।

    ४. मतदाताको माझमा तपाइँको चुनावी एजेण्डाहरु के–के छन् ? जित्ने आधार के छन् ?

    ४–५ वटा कुरालाई मैले अगाडि ल्याउन चाहेको छु । भरतपुर मेडिकल सिटीमा विकसित हुँदै छ । तर हाम्रो यो देशको १३ वटा जिल्लाको बिरामीहरुको सेवा हामीले भरतपुर अस्पतालबाट पु¥याउनु पर्छ । अझै पनि बिरामीहरु भूइँमा सुतेको दशा हामीले देख्छौं भरतपुर अस्पतालमा । त्यसैले हिजो १५० बेड थियो ३०० हँुदै ६०० बेड भयो र अब हामीले यसलाई १२ सय बेडको भरतपुर अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता छ । मैले यसलाई प्रमुख एजेण्डाको रुपमा लैजान्छु । दोस्रो यो क्षेत्र भित्र सुकुमबासीहरुको एउटा गम्भीर समस्या छ ।

    यसलाई हल गर्ने भनेर म भूमि आयोगमा पनि गए काम गरँे । मैले १२ लाख परिवारको प्रक्रिया मिलाउने काम गरेको थिएँ । तर, पूर्जा बाँड्ने बेलामा म बाहिर रहनु प¥यो । मैले यस विषयमा काम गर्दा ८५ देखि ९० प्रतिशतसम्म काम सकिएको थियो । बाँकी रहेको १० प्रतिशत काम मैले यो अवधि पाएको भए चितवनको सबै हल गरेर बाहिरको समेत गरेर झण्डै चार लाख पुर्जा अव्यवस्थित र सुकुमबासीका समस्या समाधान गर्थे । त्यो अवसरबाट बञ्चित हुनुप¥यो । भोलि पनि सरकार बन्छ, अधुरो काम पूरा गर्नुपर्छ ।

    मेरो कुनै साथीलाई आयोगमा पठाएर पार्टीको तर्फबाट यो समस्या समाधान गर्न म प्रादेशिक सांसदको हिसाबले मैले भूमिका खेल्नुपर्ने मेरो एजेण्डा छ । तेस्रो हामी नागरिकहरु काठमाडौँ जानुपर्ने समस्यामा छौं । बर्खा लागे पनि हाम्रो यात्रा अवरुद्ध हुन्छ । यसको विकल्प खोज्नै पर्ने अवस्था छ । यसको विकल्प के हो भन्दा नारायणगढबाट १७ किलोमिटरमा हामी शक्तिखोर पुग्छौं । त्यहाँबाट साढे ६ किलोमिटर सुरुङ हामीले बनायौं भने हाम्रो यात्रा आधा छोटो हुन्छ । इन्धन, दुर्घटना र समय बचाउनको लागि त्रिशूली बहुउद्देशीय आयोजना जसलाई सुरुङ सिँचाइ, हाइड्रोपावरबाट जोडेर ल्याउनु पर्छ । सुरुङद्वारा हामीले पानी खगेरी नगरमा हाल्नु पर्छ ।

    अहिले पश्चिम चितवनमा पानीको अभावमा खेती कम हुन थाल्यो । यस्तो स्थितिमा बाह्रै महिना खगेरी नगरमा पानी बग्यो भने चितवनको उत्पादकत्व बढ्छ । नागरिकहरुको जीवनस्तरमा परिवर्तन गर्न सकिन्छ । यो एजेण्डालाई प्रदेश सरकार र केन्द्र सरकारको लबिङबाट हामीले हल गर्नुपर्ने महत्वपूर्ण काम छ । अर्को हस्पिटल त हामीले खोलौला । तीनवटा मेडिकल कलेज पनि छ । यहाँ क्यान्सर अस्पताल पनि छ । भरतपुर अस्पतालको पनि स्तर वृद्धि गर्दै गएका छौं । तर, पैसा नहुँदा काकाकुलझै आकाशको फल आँखा तरी मर भने झै भएको छ ।

    गरिब नगरिकहरुले उपचार गर्न हस्पिटल मात्र होइन उनीहरुको लागि बिमाको अपरिहार्य आवश्यकता देखा परेको छ । यो बिमालाई हामीले एक लाखको बिमा छ त्यो बिमालाई हामीले दुई लाखसम्म गर्नुपर्ने छ । तत्कालको राजकीय क्षमतालाई दृष्टिगत गरी हामीले एक लाखको बिमा रकमलाई हामीले दुई लाखसम्म ग¥यौँ भने सामान्य नागरिकको उपचार गर्ने प्रवृतिलाई राज्यको दायित्व भित्र ल्याउन सक्छौं । यसो ग¥यौं भने नागरिकले ठूलो लाभ पाएको महसुस गर्छन् ।

    अर्को महत्वपूर्ण कुरा हो, रोजगारी । क्याम्पस हामीले धेरै खोल्यौं । कृषि विश्वविद्यालय यहाँ छ । वीरेन्द्र क्याम्पसमा विभिन्न संकायहरु छन् । सप्तगण्डकीलाई बहुमुखी बनायौं । बालकुमारी तथा इञ्जिनियरिङ क्याम्पसहरु पनि खोल्यौं । तर, हामीले सिर्जना गरेको कुरा के हो भने हामीले उत्पादन गरेको मान्छेहरुलाई जबसम्म रोजगारी दिन सकिँदैन तबसम्म नागरिकको फ्रस्टेसनलाई अन्त्य गर्न सकिदैँन । यस्तोमा रोजगारी कसरी सिर्जना गर्ने त भन्नेमा लुम्बिनीसँग चितवन राष्ट्रिय निकुञ्जलाई जोड्यौ भने, मनकामनालाई जोड्यौं भने हामीकहाँ आन्तरिक पर्यटक र बाह्य पर्यटक बृद्धि हुन्छ ।

    जसका कारणले नागरिकहरुले उत्पादकत्व वृद्धि गर्न सक्छन् । त्यस्तैगरी व्यावसायिक नजरले देशको मध्य भागमा छ चितवन । ठूला उद्योग सम्भव म देख्दिन तर कृषि उद्योगदेखि अन्य उद्योग व्यवसायलाई जोडेर यो क्षेत्रको रोजगारलाई अगाडि लैजान सक्छौं ।

    ५. निर्वाचित भएपछि पनि तपाईले नै प्रदेशको नेतृत्व गर्न पाउनुहुन्छ भन्ने के ग्यारेन्टी छ र ?

    म धेरै चुनाव लडेँ । पटक–पटक चुनाव लड्नेमा थिइन म । तर, जिल्ला पार्टीले के भन्यो भने तपाइँ उम्मेदवार हुनुपर्छ । किन भन्दा हाम्रो प्रदेशको सिनियर नेता र लामो इतिहास रहेको निरन्तर जनताको काममा समर्पित । पार्टी र जनतामा पार्टीगत पूर्वाग्रह नराख्ने, सबै पार्टीका मान्छेसँग सम्बन्ध कायम गर्न सक्ने चितवनको विकास जस्तै यहाँ महानगरपालिका बनाउनुपर्छ भनेर राज्य पुर्नसंरचनामा लड्ने त्यतिखेर डोरमणि पौडेल पुर्नसंरचनाको सदस्य हुनुहथ्यो ।

    उहाँहरुसँग लबिङ गरेर राज्य पुर्नसंरचनामा महानगर भरतपुरलाई बनाउनुपर्छ भनेर लबिङ गरेको सफलता हामीले प्राप्त गरेका हौं । अब पनि यो प्रदेशको सिनियर नेता मध्येमा हामी खडा भएका छौं । जिल्लाको पार्टीले चितवनको विकास र समृद्धिको लागि प्रदेशको हाम्रो दाबेदारी छ । चितवनको दाबेदारी रहन्छ । त्यसमा उपयुक्त पात्र तपाई नै हो । तसर्थ तपाइँको उम्मेदवारी हुनुपर्छ भन्ने ढंगले मेरो पार्टीले मलाई कर ग¥यो । त्यस हिसाबमा मैले उम्मेदवारी दिएको हुँ ।

    मलाई लाग्छ पार्टीका प्रदेश भित्र रहेका साथीहरुमध्ये पार्टीकोे सिनियर बेसमा महाधिवेशनमा सर्वाधिक मत पाउने एउटा व्यक्तिको हिसाबमा र जनताको हिसाबमा पनि विगतको पीडित मान्छे हो यसले राजनीतिप्रति निष्ठा पूर्ण ढङ्गले कुनै स्वच्छ छवि यसको छ । कुनै कमाइ धमाइमा लागेको छैन । निजी व्यवसायमा यो खटेको छैन । जे छ जनताकै काममा समर्पित छु । यसलाई प्रदेशको जिम्मेवारीमा पु¥याउनु पर्छ भन्ने हाम्रो जिल्लाको पार्टी मात्र होइन प्रदेशकै धेरै साथीहरुमा यो खालको भावना देखिन्छ ।

    त्यस्तो स्थितिमा आवश्यकताले दिएको त्यो नेतृत्व चितवनले गर्नुपर्ने अवस्था पनि रहन सक्छ । मेरो हाइटले त संघ नै हो । किन देवी ज्ञवाली संघ छोडेर प्रदेशमा उठ्यो भन्ने कुरा पनि छन् । सम्भवत पार्टीले यसै कुरालाई विचार गरेर मलाई प्रदेशमा खडा गराएको हुनुपर्छ । माओवादीका हुन्, कांग्रेसका हुन्, हिजो जतासुकै भए पनि यस पटक देवी ज्ञवालीलाई हामीले जिताउनुपर्छ । किनकी यसको सम्भावना प्रदेशको जिम्मेवारी लिने सक्ने हैसितको छ । यो राजनीतिक अवसर हामीले मार्दिन हँुदैन, जिताउनु पर्छ भन्ने वडाहरुमा छ । धन्यवाद ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.