• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

संसद र प्रतिनिधि सभा नचाहिएकालाई संसदमा पठाउनुको कुनै औचित्य छैन : कांग्रेस वरिष्ठ नेता पौडेल

  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद र प्रतिनिधिसभा नचाहिएको दललाई संसदमा वा प्रतिनिधिसभामा पठाउनुको कुनै औचित्य नरहेको बताएका छन् । नेकपा एमालेले पटक पटक संसद भंग गरेर संविधानको चीर हरण गरेको बताउँदै पौडेलले त्यस्ता पार्टीलाई फेरी पनि संसदमा पठाउनु ठूलो भूल हुने बताएका हुन् ।

    आइतबार मध्यनेपाल नगरपालिका वडा नम्बर २, सोतिपसलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका केन्द्रीय निर्वाचन परिचालन संयोजकसमेत रहेका नेता पौडेलले एमालेतर्फ लक्षित गर्दै आफूले पाएको बहुमतको दम्भ देखाएर पटक-पटक संविधानको उल्लंघन गर्ने र संसद विघटन गरेर देशलाई अराजकतातर्फ धकेल्ने काम गरेकोले त्यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने समय आएको बताएका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेता पौडेलले अहिलेको अवस्थामा एउटै मात्र पार्टीेको बहुमत हुने अवस्था नभएकोले लोकतान्त्रिक बाम गठबन्धन गरेर आएको बताए । देश र संविधान रक्षा गर्नुपर्छ भन्ने शक्ति एक भएर यस्ता लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नुको विकल्प नभएको उल्लेख गरे । गठबन्धन किन भन्ने विषयमा बोल्दै नेता रामचन्द्र पौडेलले भविष्यमा मिलीजुली सरकार गठन गर्नुनै छ भने अहिले मिलेर किन चुनाव नलड्ने भनेर हामी एक भएका हौं भन्दै पाँच दलीय गठबन्धनको साझा एजेण्डा भनेको संविधानको रक्षा गर्नु र देशमा परिवर्तन ल्याएकाे बताए ।

    संविधान राष्ट्रको साझा सहमतिको दस्ताबेज भएको उल्लेख गर्दै संविधान बनेपछि त्यसबाट प्राप्त उपलब्धीलाई बचाउनुको साटो नेकपा एमालेले संविधान मिचेर काम गरेकोले त्यस्ता पार्टी र प्रतिनिधिलाई गाउँ गाउँ र जिल्ला जिल्लाबाट परास्त गर्नु आवश्यक रहेको बताए । पटक-पटकको परीक्षण नेपाल जस्तो देशले धान्न नसक्ने हुँदा राष्ट्रिय रूपमास्थिरता कायम गरेर उन्नती गर्न पाउनु पर्दछ भन्ने पाँच दलीय गठबन्धनको मुख्य उद्देश्य रहेको बताए । उनले गाउँमै उद्योग व्यवसाय, पर्यटनको विकास, उद्योगधन्दाको विस्तार, गाउँमै रोजगारी र आम्दानीका अवसर खोज्नु पर्दछ भन्ने मुख्य ध्येय रहेकोले सोही अनुसार काम गर्न गठबन्धनलाई जिताउनु पर्ने उनको धारणा थियो ।

    त्यसको लागि लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ माओबादी केन्द्रका देव प्रसाद गुरुङ र प्रदेश सभा क मा नेपाली काँग्रेसका डा. टकराज गुरुङ र प्रदेश सभा ख मा नेपाली कांग्रेसका भेषबहादुर पौडेललाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन आग्रहसमेत गरे । नेता पौडेलले हामी सबैलाई सुशासन चाहिएको छ भन्दै सुशासनको लागि गठबन्धन दृढ रहेको बताए । नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल तनहूँ १ बाट प्रतिनिधि सभा उम्मेदवारसमेत हुन् ।

    मध्यनेपाल नगरपालिका वडा नम्बर २ का नेपाली कांग्रेसका सभापति ऋषिराम पुरीको अध्यक्षतामा भएको उक्त चुनावी सभामा लमजुङबाट नेपाली कांग्रेसका दीलबहादुर घर्ती, प्रतिनिधि सभाका उमेदवार देवप्रसाद गुरुङ, प्रदेश सभाका उमेदवारहरु डा. टकराज गुरुङ र भेष बहादुर पौडेलले देशले लामो समयपछि प्राप्त गरेको संविधानको रक्षा र सुशासनको लागि पाँच दलीय गठनबन्धनलाई जिताएर पठाउनुको विकल्प अब नरहेको बताएका थिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.