सर्लाही । सर्लाहीमा पनि भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ । यसअघि साउन २६ गतेबाट सात दिनका लागि पहिलोपटक जारी गरेको निषेधाज्ञालाई कडाइका साथ पुनः सात दिनका लागि थपिएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको आज बसेको बैठकले सिफारिस गरेपछि दोस्रो पटक निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । सर्लाहीमा हालसम्म ९ सय ५९ जना कोरोना संक्रमित र एकजनाको मृत्यु भएको छ ।.








