• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सडक कालोपत्रेकाे माग गर्दै मेयरलाई बुझाइयाे चार मागपत्र

  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । खोटाङको महुरे-फोक्सिङटार सडक कालोपत्रेको काम सुचारु गर्न माग गर्दै स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई एकैदिन चारवटा मागपत्र बुझाएका छन् । उदयपुरको गाईघाट-दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरे-फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काममा भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी र देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले चरम ढिलासुस्ती गरेको भन्दै बुईपा, विजयखर्क र राजापानीका स्थानीयले छुट्टाछुट्टै मागपत्रमार्फत तत्काल काम सुचारु गराउन माग गरेका हुन् ।

    चरम ढिलासुस्ती भइरहेको महुरे-फोक्सिङटार सडक कालोपत्रेको अवस्थाबारे अवलोकनमा पुगेका मेयर भट्टराईलाई बुईपा र विजयखर्कका स्थानीयले एक/एकवटा तथा राजापानीका स्थानीयले दुई मागपत्र बुझाउँदै तत्काल काम सुचारु गराउन वा नगरे ठेक्का तोड्नका लागि पहल गर्न ध्यानाकर्षण गराएका छन् । महुरे-फोक्सिङटार सडक आसपासका स्थानीयले कालोपत्रेको काम अलपत्र हुँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएको, भएका काममा पनि गुणस्तर काम नभएको, सडकमा खाल्डाखुल्डी हुँदा आवतजावतमा समस्या भएको, सडक दुर्घटना भएको गुनासो गरेका छन् ।

    मागपत्रमा निर्माण व्यवसायीले ज्यालादारी कामदार र होटल व्यवसायीलाई तिर्नुपर्ने रकमसमेत वर्षौसम्म नतिरेको उल्लेख गरेको पाइएको मेयर भट्टराईले बताए । ‘ठेक्का लागेको वर्षौसम्म सडक कालोपत्रे भएन । हिँड्डुल गर्न सास्ती भयो । निर्माण व्यवसायीले हामीलाई टेरेन, ठग्यो भन्ने गुनासो आएको छ,’ मेयर भट्टराईले भने, ‘ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई बोलाएर तत्काल काम सुचारु गराउनु पर्‍यो । काम गरेन भने ठेक्का रद्द गर्नेसम्मको कारबाही अघि बढाउनुपर्‍यो भन्ने माग आएको छ । यसबारेमा हामी केही न केही कारबाही अघि बढाउँछौँ ।’ महुरे-फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी सहर आउजाउ गर्ने छोटो दूरीको बाटो हो ।

    सो सडक कालोपत्रेको काम दुई खण्डमा भइरहेको छ । महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ । भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे-राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

    सिद्धी शाही जेभीका दिपेन्द्र शाही कांग्रेस डोल्पा सभापति एवं अहिले प्रदेश (क)का उम्मेदवार छन् । यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भञ्ज्याङ-फोक्सिङटार सडक खण्डको हालसम्म करिब ६० प्रतिशत प्रगति भएको छ । ५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने सर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो । कोभिड-१९ को महामारी कारण देखाएर दुबै खण्डको म्याद पटकपटक थप हुँदैआएको छ ।

    काममा ढिलासुस्ती गर्दैआएको निर्माण कम्पनीले पटकपटक आफ्नो साइड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ । प्रतिनिधिलाई फिल्डमा पठाएर मुख्य ठेकेदार सम्पर्कविहीन बनेर बस्ने गरेका छन् । सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीबारे जनप्रतिनिधि र दलका नेतासमेत चुपचाप बस्ने गरेको स्थानीयको गुनासो छ ।

    कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस भइरहेको छ । निर्माण कम्पनीका प्रतिनिधिले वर्षौँसम्म उधारो नतिर्दा दर्जनौं साना व्यवसायी मारमा परेको पञ्चारदोबाटोका स्थानीय व्यवसायी अष्टकुमार श्रेष्ठले गुनासो गरे । भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले भने २६ कात्तिकदेखि महुरे-राजापानीको सिमपानी सडकको काम सुचारु गराएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.