• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

होटल इच्छा दिनभर प्रहरीको घेरामा, सत्ता शक्तिको दुरुपयोग नगर्न वाग्लेको आग्रह

  •   शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बारा । बारा क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको लगानी रहेको सिमरास्थित होटल इच्छामा शनिबार दिनभर नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ मा रहेको होटल परिसर भित्र र प्रवेशद्वारमा प्रहरी परिचालित गरिएको हो । प्रहरीले दिनभर होटल क्षेत्रलाई घेरा हालेर राखेका थिए । प्रहरी परिचालित भएपछि स्वतन्त्र उम्मेदवार वाग्लेसहित परिवार र उनका समर्थक आतंकित देखिन्थे ।

    आइतबार हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार वाग्लेको तर्फबाट मतदान प्रतिनिधि चयन गर्ने र खटाउने काम भईरहेका बेला प्रहरी परिचालन गरिएको थियो । प्रहरी परिचालन गरिएपछि मतदान प्रतिनिधि खटिन आएका वाग्लेका समर्थक होटलभित्र प्रवेश गर्न समेत डराएका थिए । मतदान अधिकृतले माग गरेबमोजिम उम्मेदवारको हस्ताक्षरसहितको सिफारिस लिन तोकिए बमोजिमका प्रतिनिधि होटलमा आएका थिए । सिफारिस लिन आएका प्रतिनिधिको मनोबल कमजोर बनाउन र स्वतन्त्र अभियानलाई प्रभावित पार्ने उदेश्यसहित प्रहरी परिचालित भएको स्वतन्त्र उम्मेदवार वाग्लेले बताए । सत्ता शक्तिको दुरुपयोग गर्दै नियोजितरुपमा प्रहरी परिचालन भएको वाग्लेको भनाई थियो ।

    ‘हामीमाथी सत्ता शक्तीको दुरुपयोग गरेर नियमित प्रहार भइहेको थियो । आज पनि त्यही गरियो,’ वाग्लेले भने, ‘मतदान प्रतिनिधि खटिन आएका व्यक्तिलाई गेटमै रोक्ने र फर्काउने काम निर्वाचन आचारसंहिता विपरित हो । प्रहरी निष्पक्ष निर्वाचन गर्ने पक्षमा देखिएको छैन ।’ प्रहरी परिचालन गरेर आफूहरुको अभियानलाई प्रभावित पार्न खोजिएको विषयलाई जनताले मुल्यांकन गर्ने वाग्लेले बताए । सत्ताको दुरुपयोग गरेर आतंकित बनाउने काम गरेको भन्दै वाग्लेले भयरहित वातावरणमा निर्वाचन गराउने भूमिका खेल्न प्रहरीप्रशासनलाई आग्रह गरेका छन् ।

    प्रहरी परिचालित भएपछि अमलेखगंजस्थित मतदान केन्द्रमा खटिन आएका प्रतिनिधि होटल बाहिरबाटै फर्किएका थिए । उम्मेदवारको हस्ताक्षरसहितको सिफारिस नलिई प्रतिनिधिहरू फर्किन थालेपछि प्रतिनिधि चयन प्रक्रिया केहीबेर प्रभावित बनेको थियो । यता बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने होटलमा पैसा वितरण भईरहेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरेको बताएका छन् ।

    ‘होटलमा पैसा वितरण भइरहेको भन्दै सूचना प्राप्त भएको थियो । त्यो सूचना प्राप्त भएपछि हामीले प्रहरी परिचालन गरेर निगरानी गरेका हौं,’ प्रहरी उपरीक्षक बोगटीले भने, ‘हामी कसैप्रति पूर्वाग्रह छैनौं । निष्पक्षरुपमा मतदान सम्पन्न गर्न प्रतिवद्ध छौं ।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.