पोखरा । पोखरामा कोरोना संक्रमित ८७ वर्षिय वृद्धको मृत्यु भएको छ । मृतक पुरुष भाद्र १ गते श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएका थिए । पोखरा महानगरपालिका वडा नम्बर १६ निवासी मृतक पुरुषमा उच्च ज्वरो पनि थियो । कोरोना संक्रमणको आशंकापछि उनको स्वाब जाँच्दा उनलाई कोरोना पुष्टि भएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत वृद्धको बिहान करिब १०: ४० बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिनु भयो । उनकोे शव नेपाली सेनाद्धारा व्यवस्थापन गरिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारणले सात जनाको मृत्यु् भएको छ ।









