काठमाडौं । रुपन्देही-३ को प्रतिष्पर्धा रोचक बनेको छ। नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतले मात्रै अगाडि छन्।
खाँणले २२ हजार ७ सय ८१ मत ल्याएका छन् भने बोहराले २२ हजार ७ सय ५४ मत पाएका छन्। सत्ता गठबन्धनका दलहरुले खाँणलाई समर्थन गरेका छन् भने बोहरालाई एमालेले समर्थन गरेको छ।








