• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपालसँगै विदेशमा रेकर्ड बनाइरहेको ‘महापुरूष’

  •   शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । ‘महापुरूष’ प्रदर्शनको पाँचौ हप्तामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलियामा प्रदर्शन भइरहेको फिल्म गत सातादेखि युरोप र आउँदो सातादेखि मध्यपूर्वी देशहरूमा प्रदर्शन हुँदैछ ।

    नेपाली दर्शकबाट पाइरहेको समीक्षाले विदेश प्रदर्शनलाई मद्दत पुगेको छ । यस्तै, अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन समेत पाँचौ हप्तामा छ । फिल्म हेर्ने दर्शकमार्फत प्रतिक्रियाले नै यसको पब्लिसिटी भइरहेको छ । यसैले गर्दा फिल्म ‘५१ औँ’ दिनतर्फ लम्किरहेको छ ।

    फिल्म हेर्न स–परिवार हलसम आउने हुँदा पनि यसको दर्शक बढिरहेका छन् । चाडपर्व सकिएपछि प्रदर्शनमा आएको फिल्मलाई विदेशी फिल्मले समेत असर गरेको छैन । हप्तैपिच्छे प्रदर्शनमा आउने विदेशी फिल्मले शुक्रबार र शनिवार शोमा असर गरे पनि दर्शकको खोजीमा परेपछि ‘महापुरूष’ उही लयमा फर्किरहेको छ ।

    अर्थात् फिल्मले प्राप्त गरेको शोहरू दिउँसो र रात्रिसमयको हाउसफुल छन् । यसैले गर्दा पनि पहिलो दिन पाएको शो र प्रदर्शनको ३०औँ दिनमा पाएको शोहरूमा भिन्नता छैन । चुनावपछिको माहोल र विश्वकप फुटवलसँगै जाडोले व्यापारमा असर गरेको छैन । ‘महापुरूष’ले पाइरहेको शो संख्या गन्ने हो भने केही फिल्मलाई पहिलो दिन मल्टिप्लेक्स यत्तिको शो पाउन मुस्किल पर्ने गर्छ ।

    विदेशमा महापुरूष
    नेपालमा मात्र नभई संयुक्तराज्य अमेरिकामा समेत यसले ५१औँ दिनको यात्रा तय गर्दैछ । स्थानीय वितरक नेपाल वानवान इन्टरटेनमेन्ट एलएलसीका प्रतीक सुवेदीले नेपालसँगै रेगुलर प्रदर्शन भइरहेको जानकारी दिए । ‘हामीले नेपाल झैँ अमेरिकाको विभिन्न सहरहरूमा रेगुलर प्रदर्शन गरिरहेका छौँ ।

    अहिलेसम्म दुई सय भन्दा बढी शो भइसकेका छन् । यो फिल्म ०२३ को सुरुवातसम्म प्रदर्शन हुने अनुमान गरेको छु’, वितरक सुवेदीले भने । उनले दैनिक तीनदेखि चार शो राखिएकोमा भरिभराउ भइरहेको बताए । उत्तरी अमेरिकामा सबै भन्दाबढी प्रदर्शन हुने नेपाली फिल्मको रेकर्ड बनाइसकेको फिल्मले क्यानाडासमेत प्रदर्शनको आरम्भ गरिसकेको छ ।

    यस्तै, फिल्म अष्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । एमएसएम इभेन्ट्स सिड्नी, क्यानबेरा, तास्मानिया, मेलबर्न लगायतका सहरहरूमा प्रदर्शन गरिसकेको छ । २० नोभेम्बरदेखि युरोपका विभिन्न सहरहरूमा यसलाई किरण गुरुङले प्रदर्शन गरिरहेका छन् । मध्यपूर्वी देशहरू अन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतारमा आउँदो डिसेम्बर १ देखि प्रदर्शन हुँदैछ ।

    मिड्ल इस्टका देशहरूमा प्रदर्शनको अधिकार लिएका निप फिल्म्सका संचालक रमेश ढकालले भक्स, नोभा, स्टार, रोयल, ओस्कार, सिनेको, सिनेपोलिस लगायतका सिनेमाजहरूमा फिल्म ‘महापुरूष’ प्रदर्शन हुने जानकारी दिए । ‘कोभिड पश्चात प्रदर्शन भइरहेका फिल्म मध्य कबड्डी ४ पश्चात महापुरूषको डिमाण्ड धेरै छ । यसलाई विदेशी फिल्म झैँ रेगुलर शोमा प्रदर्शन गरेका छौँ । अन्य फिल्म झैँ बक्सअफिसमा टिकेट लिएर यहाँ समेत फिल्म हेर्न पाइन्छ’, वितरक ढकालले भने,‘विस्तारै यहाँ नेपाली फिल्मको दर्शक बढिरहेका छन् । राम्रो फिल्महरू आउँदा बजार विस्तारमा टेवा पुग्छ । म विगत केही वर्षदेखि यहाँ फिल्म प्रदर्शनको लागि अहोरात्र मेहनत गरिरहेको छु ।’

    फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.