चितवन । चितवनमा डेङ्गु संक्रमण घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा पछील्लो समय चितवनमा डेङ्गु संक्रमण निरन्तर घट्दै गएको छ ।
त्यस्तै पछील्लो चौविस घण्टामा आज २ जनामा डेङ्गु संक्रमण पुष्टी भएको छ । यो संगै चितवनमा जम्मा डेङ्गु सङ्क्रमितको संख्या २ हजार १ सय ९७ पुगेको छ।
जसमध्ये भरतपुर महानगरपालिकाका १ हजार ५७५ जना, रत्ननगर नगरपालिकाका २४९, खैरहनी नगरपालिकाका १७३ जना, राप्ती नगरपालिकाका ९८ जना, कालिका नगरपालिकाका ५० जना, माडी नगरपालिकाका ३८ जना र इच्छाकामना गाँउपालिकाका १४ जना रहेका छन्।








