• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

  •   शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर रावत , उपप्रमुख सरिता सिंह लगाएत प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी एक्कासी भानुभक्त माध्यामिक विद्यालय नलगाड-४ मा पुगे । चुनावपछि विद्यालयको शैक्षिक क्रियाकलाप कसरी अगाडि बढेका छन् भन्दै छड्के जाँचका लागि नगरपालिकाको टाेली विद्यालयमा पुग्दा त्यहाँ सबै छक्क परे । विद्यालयको कार्यालयभित्र प्रवेश नगरी नगरको टाेली विद्यार्थी पढिरहेको कक्षा कोठामा प्रवेश गरेपछि कक्षा कोठामा पढाइ रहेका विषयगत शिक्षक छक्क परे ।

    प्रमुख प्रशासकीय अधिकृत गिरीले पालैपालो विद्यार्थीलाई प्रश्न सोधेर सही जवाफ अपेक्षा गरियो , केहीले सही दिए त केहीले, उत्तर दिन सकेनन् । तीन वर्ष अघिसम्म विद्यालयको विनीसम्म रहेका गिरी अहिले उपसचिव भएपछि नलगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । शिक्षासम्बन्धी राम्रो ज्ञान अनुभव प्राप्त गरेका उससचिव गिरीले विद्यार्थीको मानसिकता र शैक्षिक अवस्था कक्षा कोठामै गएर बुझेर विद्यालय प्रशासनसँग छलफल गरी बेलुकीपख टाेलीसहित नगरपालिकामा फर्के ।

    बुधबार नगरपालिकाको प्रशासकीय केन्द्र रहेको नलगाड-७ दल्लीमा रहेको पुरानो विद्यालय त्रिभुवन माध्यमिक विद्यालयको निरीक्षण भयो । भानुभक्त मावि लहँको जस्तै त्रिभुवन मावि दल्लीको अवस्था देखिएपछि उपसचिव गिरीले लिखित र सामाजिक सञ्जालमा लामो सुधारको उपाय लेख्दै सुझाव समेत दिएका छन् । नगरप्रमुखको नेतृत्वमा पालिकाभित्रका सबै मावि विद्यालयहरुको अनुगमन र अवस्था बुझेर थप सुधारको लागि निस्कर्ष निकाल्ने योजनामा नगरपालिका रहेको छ ।

    राज्यले गरेका लगानी अनुसार प्रतिफल नआएको विषयमा समेत व्यापक छलफल भएको उपसचिव गिरीले जानकारी दिए । नलगाडमा रहेका सबै मावि, आधारभूतसँगै सबै विद्यालयको अनुगमन जारी रहेको छ । शिक्षा क्षेत्रमा प्रगति हुन सकेन भने मानव विकासको लागि बनेका विद्यालयहरूबाट अपेक्षित नतिजा हासिल हुन नसक्नुका साथै अझै धेरै पछाडि पर्ने निश्चित रहेको गिरीले बताए । विद्यालय र शिक्षाकाे सुधारमा ७० प्रतिशतभन्दा बढी भूमिका शिक्षकसँग नै जोडिने उनकाे भनाइ छ ।

    अहिलेका नीति निर्माण तहमा पुग्नेहरु यिनै विद्यालयका उत्पादन भएकाले यसमा सबैको ध्यान पुग्नु जरुरी भएको नगरप्रमुख डम्मर रावतले बताए । कक्षा कोठा अनुगमन केन्द्रीत बनाएको उक्त टोलीले शिक्षाका हरेक पाटाहरुको समाधान खोज्ने प्रयास गरिरहेको बताएको छ । कक्षा कोठामा शिक्षकले पढाउदा विद्यार्थीको ध्यान कता केन्द्रित भएको छ भन्नेदेखि सिद्धान्तलाई व्यवहारमा जोड्न सिक्ने विषयमा अध्ययन भइरहेको छ । बालबालिकालाई व्यवहारिक ज्ञान आर्जनको विषयमा समेत चासो दिइएको छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.