नवलपुर : गैडाकोटको प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा विशेष पूजाबाहेक अन्य पूजाआजा गर्न रोक लगाइने भएको छ ।मौलाकालिका मन्दिर धार्मिक सेवा समितिले आज (शनिबार) एक सूचना जारी गर्दै भक्तजनहरुलाई पूजाआजामा रोक लगाएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पूजा गर्न रोक लगाइएको मौलाकालिका मन्दीरका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिनुभएको छ।
सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुनेहुनाले मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको हो । अध्यक्ष सापकोटाले अवस्था सामान्य भएपछि सबै पूजापाठ खुला गरिने जानकारी दिनुभएको छ।








