सांकेतिक तस्विर
रौतहट । रौतहटमा गोली हानेर एक पुजारीको हत्या गरिएको छ । माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको बुधबार राति करिब ९ बजे हत्या भएको हो । आफ्नो दैनिक पुजापाठ सकेर खाना खान बसेका पुजारीमाथि अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर भागेको थियो । कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । गोली हान्ने फरार रहेको र तीव्र खोजी भैरहेको प्रहरीले जनाएको छ ।








