• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै

  •   सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पहिलो कार्यकालमा भाग लगेका दुई दल बाहिरिएका छन् भने २०७९ को चुनावबाट थप दुई दल भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश सभामा २०७४ को निर्वाचनमा सहभागी भएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको यसपटक सहभागिता नरहने भएको छ । प्रदेशका ३२ प्रत्यक्ष निर्वाचन क्षेत्रमा दुईवटै पार्टीका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् भने समानुपातिक प्रणालीबाट पनि जसपा र लोसपाले थ्रेस होल्ड कटाउन सकेनन् ।

    जसकारण २०७९ को निर्वाचनपछि जसपा र लोसपाको सहभागिता हुने छैन । २०७९ को निर्वाचनबाट सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र राप्रपा नयाँ दलका रूपमा प्रदेश सभामा उपस्थित हुने छन् । एक वर्षअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाको पहिलो निर्वाचनमै अर्थपूर्ण सहभागिता जनाउँदै छ । प्रत्यक्षतर्फ पाँच र समानुपातिक पद्धतिबाट दुई गरी नागरिक उन्मुक्तिका सातजना प्रदेश सभामा उपस्थित हुन लागेका छन् ।

    यसैगरी प्रत्यक्ष निर्वाचनमा सफल नभए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक प्रणालीमा प्राप्त गरेका मतका आधारमा प्रदेश सभामा सहभागिता जनाउने भएको छ । सुदूरपश्चिममा समानुपातिक प्रणालीमार्फत राप्रपाले एक सिट पाउने निश्चित छ । सुदूरपश्चिम प्रदेश सभामा सहभागिता जनाउने जम्मा दलको संख्या भने ६ नै कायम हुने भएको छ । प्रदेश सभाको पहिलो कार्यकालको अन्त्यतिर पनि प्रदेश सभामा सहभागिता जनाउने दलको संख्या ६ पुगेको थियो ।

    २०७४ को निर्वाचनपछि सुरुमा सुदूरपश्चिम प्रदेश सभामा सहभागिता जनाउने दलको संख्या चार थियो । सुरुमा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको प्रदेश सभामा सहभागिता रहेको थियाे । राष्ट्रिय जनता पार्टीले २०७४ को निर्वाचनमा एक सिट प्रत्यक्ष र एक सिट समानुपातिक कोटाबाट जितेको थियो । तर निर्वाचनको केही समयमै एमाले र माओवादी केन्द्र मिलेर (नेकपा) बनेपछि प्रदेश सभामा सहभागि दलको संख्या तीन कायम भएको थियो ।

    तर प्रदेश सभाको मध्य कार्यकालसम्म आइपुग्दा एमालेलाई अदालतले विभाजन गरेसँगै फेरि प्रदेश सभामा सहभागि हुने दलको संख्या चार पुग्यो । त्यसलगत्तै एमालेबाट विभाजन भएको एकीकृत समाजवादीको पनि प्रदेश सभामा सहभागिता हुँदा प्रदेश सभामा पाँच दलको सहभागिता थियाे । एमाले विभाजनलगत्तै फेरि जसपाबाट अलग्गिएर राजेन्द्र महतोले लोसपा गठन गरेपछि प्रदेश सभाको अन्यमा सहभागी दलको संख्या ६ बनेको थियो ।

    ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एकीकृत समाजवादी र एमालेले समान तीन-तीन र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सुदूरपशिचम प्रदेश सभामा २१ जना सदस्य समानुपातिक निर्वाचन पद्धतिबाट छानिने छन् । समानुपातिक प्रणालीमा नेपाली कांग्रेस र नेकपा एमालेले सात-सात, माओवादी केन्द्रले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई र राप्रपाले एक सिट प्राप्त गर्ने देखिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.