• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान : मानवअधिकारवादीलाई गिज्याउने ‘पर्व’

  •   शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । सन् १९६० डोमेनिक गणतन्त्रका मिराबेल परिवारका तीन दिदीबहिनीलाई तत्कालिन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गर्‍यो । पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको गम्भीर अपराधकाे रुपमा सम्झनास्वरुप १६ दिने अभियान विश्भवर नै मनाइदै आएको छ । नेपालमा पनि हरेक वर्षको ९ देखि २४ मंसिरसम्म मनाइने यस अभियानमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । वर्षाैदेिख अभियान चलाए पनि महिलाका समस्या भने ज्यूका त्यूँ छन् ।

    दुरदराजमा अहिले पनि लैङ्गिक हिंसाका घटनाहरू कम भएका छैनन् । दुरदराजमा मात्रै हाेइन सुगम मानिएकाे महोत्तरी मै भएकाे एक घटनाले अभियान र अधिकारवादीहरूलाई गिज्याइरहेकाे भान हुन्छ । औरही नगरपालिका बस्ने नेहा चौधरी अहिले आफ्नै डाक्टर श्रीमानसँग दाइजोकाे निहुँमा उब्जिएकाे क्लेसविरुद्ध लडिरहेकी छिन् । चिकित्सक श्रीमानबाट दाइजो नल्याएको निहुँमा पटक-पटक शारीरिक र मानसिक यातनाको शिकार बनेकी चौधरी न्यायको लागि हार गुहार मागिरहेकी छिन् ।

    यो त शिक्षित परिवारबाट मधेशी महिलाले हिंसा भोग्नुपर्ने एक प्रतिनिधि उदाहरण मात्रै हो । चौधरीकाे जस्तै हिंसात्मक घटना ब्यहाेर्ने जिल्लामा कयौँ महिला छन् । जसकाे जुनसुकै बेला ज्यान जाने वा गुमाउने अवस्था छ । महिला हिंसासम्बन्धी भएका पछिल्लो तीन वर्षको तथ्यांकलाई केलाउने हाे भने पनि महोत्तरी मधेश प्रदेश मै सबैभन्दा अगाडि छ । महाेत्तरीमा आर्थिक वर्ष २०७७/०७८ मा महिला हिंसासँग जोडिएका ३२७ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए ।

    त्यसमध्ये २५८ वटा फर्स्यौट भएका छन् भने ३९ वटा मुद्दालाई अन्य निकायमा स्थान्तरण गरिएको छ । ३० वटा मुद्दा अझै फर्स्यौट हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दालाई मात्र आधार मान्ने हो भने आर्थिक बर्ष २०७८/०७९ महिला हिंसाका घटनामा वृद्धि भएर ४५६ वटा पुगेका छन् । यीमध्ये ५४ वटा मुद्दा किनारा लगाउन अझै बाँकी छ । ११७ मुद्दा अन्य निकायमा सारिएको छ, ४५६ वटा मुद्दा फर्स्यौट भैइसकेका छन् । अझ आर्थिक बर्ष २०७९/८० मा यो संख्यामा निकै वृद्धि हुने देखिन्छ ।

    आर्थिक वर्षको प्रारम्भमा नै १४६ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता भैइसकेको महोत्तरी प्रहरीले जनाएको छ । यसमध्ये ६३ वटा फर्स्यौट भएका छन्, ६ वटा मुद्दा अन्य निकायमा पठाइएको छ, ७६ वटा मुद्दामा अझै अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दर्ता भएका घटना यति कहालीलाग्दा छन् की महिलाहरू चरम शाेषणको कठोर पीडाले आत्महत्या मात्र गरेका छैनन, कतिपय घटनामा ज्यूदै आगो लगाइएको समेत छ । यसमध्ये जबर्जस्ती करणीका घटना समेत अधिक छन् । आर्थिक वर्ष २०७९/८० को उतरार्धमा नै जबर्जस्ती करणीका ११ वटा मुद्दा दर्ता भैइसकेका छन् ।

    यसअघिको तथ्यांक हेर्ने हो भने जबर्जस्ती करणीका घटना अधिक छन् । आर्थिक वर्ष २०७७/७८ र २०७९/८० मा क्रमशः ४१ र २३ वटा छन् । त्यसो त जबर्जस्ती करणीका घटनामात्र हाेइन कहिले दाइजोको नाममा, कहिले बहुविवाहका नाममा, कहिले बोक्सीको आरोपमा महिला प्रताडित बनिरहेका छन् । अन्धविश्वास र गलत संस्कारको कारण बोक्सीको आरोपमा महिला हिंसाका घटना पछिल्लो तीन वर्षमा मात्र आठ वटा दर्ता भएका छन् । आठै वटा घटनाका अभियुक्त पुर्पक्षका लागि थुनामा छन् ।

    तर, थोरै महिलाले मात्रै शारीरिक र मानसिक यातनाको प्रतिकार गरेको र धेरै महिला अझै घरको चौघेराबाट बाहिर निस्कन नसकिरहेको महिलासमबन्धी काम गर्ने सामाजिक संस्था माण्डवीले जनाएको छ । माण्डवी की महोत्तरी संयाेजक प्रियङ्का ठाकुर लुकेका र लुकाइएका महिला हिंसाका घटना महोत्तरीमा प्रशस्त रहेको बताउँछिन् । दाइजो नल्याएको निहुँमा दोश्रो विवाह गर्ने पनि यहाँका पुरुषमा संस्कार नै बनेको छ । पछिल्लो तीन वर्षमा बहुविवाहका मात्र ३३ वटा घटना छन् ।

    यी त महिलाले खुलेर जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटना हुन् । धेरै घटना त पारिवारिक दबाबका कारण घरभित्रै लुकाइएका छन् । बालविवाहलाई पनि लैङ्गिक हिंसाअन्तर्गत राखिएको छ । मधेशमा महिलाको सानै उमेरमा विवाह गर्नु पुरानो संस्कार जस्तै छ । धेरैजसो महिलाले जिल्लामा १५ वर्षभन्दा कम उमेरमा नै विवाह गरेको उदाहरण छन् ।

    बालविवाह कै कारण विभिन्न स्त्रीजन्य रोगको शिकार बनेका निकै कमजोर छन । जिल्ला प्रहरि कार्यालय तथा माण्डवि संस्थाको तथ्यांकअनुसार जिल्लामा पछिल्लो ३ बर्षमा ३ वटा मात्र घट्ना छन । यसरी हेर्दा बालविवाहमा भने केही कम आएको प्रहरीको निष्कर्ष छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.