• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

विकराल बन्दै असुरक्षित गर्भपतन

  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पछिल्लो समय असुरक्षित गर्भपन विकराल र थप चुनौती बन्दै गएको पाइएको छ । स्वैच्छिक गर्भपतनले मान्यता पाएसँगै नेपाली गर्भपतन सम्बन्धी मुलुकी ऐन बाझिदा पनि असुरक्षित गर्भपतन बढ्दै गएको विज्ञ तथा सरोकारवालाहरुले बताउनुभएको छ । भरतपुरमा शनिबार आयोजित असुरक्षित गर्भपतन तथा जनस्वास्थ्य सम्बन्धी कार्यक्रममा उहाँहरूले मुलुकी ऐनमा स्पष्ट मापदण्ड नहुँदा असुरक्षित गर्भपतन थप चुनौती बन्दै गएको बताउनुभएको हो ।

    सो अवसरमा प्रस्तुतीकरण दिँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका डा.श्याम लम्सालले कानुनी उल्झन, यससम्बन्धी स्पष्ट मापदण्ड नहुँदा र निर्देशिका पालना नहुँदा असुरक्षित गर्भपतन बढ्दै गएको बताउनुभयो । “महिलाले १२ हप्ता सम्मको स्वैच्छिक गर्भपतन गर्ने कानुनी व्यवस्था छ तर त्यसपछिको गर्भपतनमा भने विभिन्न सर्तहरू राखिएका छन् । मुलुकी ऐन आफैँमा बाझिएको छ र चिकित्सकलाई समेत काम गर्न अप्ठेरो भएको छ ।” डा. लम्सालले भन्नुभयो ।

    असुरक्षित र अवैध गर्भका कारण तोकिएको स्वास्थ्य संस्था तथा चिकित्सकबाट गर्भपतन नहुने गरेका कारण मातृ मृत्युदर समेत बढेको उहाँको भनाई छ । असुरक्षित गर्भपतनका कारण पाठेघर तथा अन्य अङ्गमा चोट पुगेर मातृ मृत्युदर बढेको उहाँले बताउनुभयो । कार्यक्रममा भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख सुनिलमणि पोख्रेलले असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तश्राव, उच्च रक्तचाप र सङ्क्रमणका कारण मातृ मृत्युदर बढेको बताउनुभयो । “एक त मुलुकी ऐनले आफैँमा बाझिएको छ ।

    अर्को कुरा सचेतना र परिवार नियोजनका साधन प्रयोगमा कमी र लापरवाही छ ।” डा.पोख्रेलले बताउनुभयो । समाजको डर, सामाजिक प्रतिष्ठा र जथाभाबी औषधिको प्रयोगले पनि असुरक्षित गर्भपतन बढेको उहाँको भनाई छ । बागमती प्रदेश, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले यकिन तथ्याङ्क नभए पनि नेपालमा ५७ प्रतिशत महिलाले असुरक्षित गर्भपतन हुने गरेको बताउनुभयो । उहाँले असुरक्षित गर्भपतनका कारण मातृ मृत्युदर बढेको भन्दै सरकारले जनचेतनामा वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

    उहाँले यसलाई न्यूनीकरण गर्न सरकारले तोकेको मापदण्ड, तोकिएको स्वास्थ्य संस्था, तथा तोकिएको चिकित्सकसँग मात्र गर्भपतन गर्नुपर्ने बताउनुभयो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट कृष्ण पौडेलले अस्पतालले जनचेतनाका साथै विशेषज्ञ चिकित्सकसँग र सरकारले तोकेको मापदण्डभित्र रहेर मात्रै गर्भपतन गर्दै आएको बताउनुभयो ।

    मुलुकी ऐनका कारण चिकित्सकलाई काम गर्न अप्ठेरो परेको भन्दै उहाँले स्पष्ट मापदण्ड हुनुपर्ने बताउनुभयो । उहाँले आर्थिक, सामाजिक संरचना र प्रतिष्ठानका कारण पनि असुरक्षित गर्भपतनमा वृद्धि भएको बताउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.