• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सिएमसि अस्पतालमा भर्खर जन्मेका बच्चाहरुको जटिल सल्यक्रिया शुरु

  •   सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भर्खर जन्मिएका बच्चाहरुको शल्यक्रियाका लागि काठमाडौंँ लैजानुपर्ने बाध्यता हटेको छ । चितवन मेडिकल कलेजले बाल्य शल्यक्रिया सम्बन्धी सबै सेवा सुरु गरेपछि चितवनका बिरामीलाई काठमाडौँ लैजानुपर्ने बाध्यता हटेको हो । हाल चितवन मेडिकल कलेजमा बालबालिकामा प्राय देखिरहेको हर्निया, हाइड्रोशिल, एपेन्डीसाइटिस जस्ता समस्याहरुको दैनिक शल्यक्रिया भइरहेको छ । पेटमा आन्द्रा खप्टेको अवस्थामा समयमै अस्पताल आएको खण्डमा विना अप्रेशन पानीको माध्यमबाट आन्द्रा खुलाई उपचार गराउन सकिने सेवा समेत अस्पतालले दिदै आइरहेको छ ।

    हालसम्म यस्तो सेवा ३१ जना बालबालिकाहरुले लिइसकेको अस्पतालका बाल शल्य चिकित्सक डा.प्रकृति गिरीले जानकारी दिइन् । नेपालमा दक्ष बाल शल्य चिकित्सकको संख्या निकै न्यूनमा रहेको छ । यो विज्ञ सेवा काठमाडौँका केही अस्पतालमा मात्र उपलब्ध छ । उपत्यका बाहिर नियमित रुपमा चितवन मेडिकल कलेजले मात्रै यो सेवा दिइरहेको छ । हाल चितवनसंगै मकवानपुर, नवलपरासी, नवलपुर, गोरखा, लमजुङ, तनहुँ, रुपन्देही, सुनसरी, बारा, पर्सा, धनुषालगायत जिल्लाबाट बिरामीहरु उपचारका लागि चितवन मेडिकल कलेजमा आउने गरेका छन् । हाल डा.गिरीको नेतृत्वमा बाल शल्यक्रियाका सबै सेवा प्रदान गरिदै आइएको छ ।

    पोखराको मणिपाल शिक्षण अस्पतालबाट एमबीबीएस पास गरेर भारतको विश्वविख्यात जिपमेर अर्थात जवाहरलाल इन्स्टिच्युट पोन्डीचेरीमा गोल्डमेडल प्राप्त गरेकी डा.गिरीले भारतकै मौलाना आजाद मेडिकलबाट थप ३ वर्ष बाल शल्यक्रियामा खटिएकी थिइन् । काठमाडौंको कान्ती बाल अस्पतालमा केही समय सेवा गर्दागर्दै डा.गिरी चितवन मेडिकल कलेजमा आएकी हुन् । चितवन मेडिकल कलेजमा पछिल्लो १० महिनामा १ हजार २० जना बिरामीले ओपीडीबाट सेवा लिइसकेका छन् ।

    हालसम्म १५ जना नवजात शिशु, १ वर्षमुनीका ३५ जना, १ देखि १४ वर्षमुनीका २५५ जना बिरामीको डा.गिरीको टिमले सफलतापूर्वक सर्जरी गरिसकेको छ । डा.गिरीको टिममा डा.प्रवेश ज्ञवाली, डा.विराज पराजुलीलगायत छन् । बालबालिकाहरुको शल्यक्रिया पश्चात सुविधासम्पन्न एनआइसीयू र पीआइसीयू सेवा पनि साथसाथै चाहिन्छ । यी सबै सेवा चितवन मेडिकल कलेजमा रहेको निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

    अस्पतालले निकट भविष्यमै अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरि चितवनमा नै बाल शल्यक्रियाको एक प्रतिष्ठित सेन्टर बनाउने लक्ष्य लिएको छ । जन्मेदेखि १४ वर्षसम्मका नवजात शिशु तथा बालबालिकाहरुको अनेकौं प्रकारका समस्या देखा पर्न सक्छन् । बाल शल्यचिकित्सकले बालबालिकाको साना–साना अंग, तन्तु, नसाहरु बारेमा दक्षता, ज्ञान, तालिम हासिल गरेका हुन्छन् । बालबालिकाको शल्यक्रिया सानो भन्ने हुँदैन । जति सानो बच्चा भयो त्यति धेरै जटिल शल्यक्रिया हुन्छ ।

    सोही अवस्थालाई मध्येनजर गर्दै चितवन मेडिकल कलेजमा दक्ष चिकित्सक मार्फत यो सेवा सुरु गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.