• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विद्युतीय बस उद्घाटनपछि लुम्बिनीमै थन्कियाे

  •   बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । गत १३ असोजदेखि एक महिना परीक्षणकाल संचालन गरिएको लुम्बिनीका विद्युतीय बस उद्घाटनमै सीमित भएको छ । असोज ११ गते ४३ओँ विश्व पर्यटन दिवसको दिन गृहमन्त्री बालकृष्ण खाणले बेलहियामा आयोजित कार्यक्रमबाट प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायलाई निर्देशन दिँदै सुरक्षाकर्मीको समन्वयमा विद्युतीय बस संचालनमा आयो ।

    कुनै पनि हालतमा अविलम्ब चलाउनु पर्ने निर्देशन आएपछि असोज १२ गते रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षता बसेको लुम्बिनी विकास कोष, स्थानीय पलिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसयाीको संघसंसथाको बैठकले १३ असाेजबाट संचालनमा ल्याउने निर्णय गर्‍यो र उद्घाटन भई संचालनमा आयो । तर, ती परीक्षणकाल चलेका बस एक महिना मात्रै चलेर बसेको छ । १३ असोजदेखि १३ कात्तिकसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले निःशुल्क बसको सेवा लिएका थिए ।

    दसैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले भने । ६ वटा रुटमा ५ वटा बसमार्फत ५ सय २७ ट्रिप बस सञ्चालन हुँदा १६ हजार ३ सय ८४ किमि दूरी यात्रा भएको छ । कोषले बिजुली बसको यान्त्रिक परीक्षणका लागि बोर्ड सदस्य पौडेलको संयोजकत्वमा धर्मेन्द्र पाल र जावेद खाँन सदस्य रहेको तीन सदस्यीय बिजुली बस सञ्चालन परीक्षण इकाई समिति गठन गरेको थियो ।

    लुम्बिनीमा सञ्चालित सटल बस सुरुको चरणमा ५ दिनमात्रै सञ्चालन भएको थियो । शुरुमा यान्त्रिक परीक्षण १५ दिन सञ्चालन गर्ने भनिए पनि कोषको सचिवालय बैठकले १५ दिन थप गरि छठसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । बसको यान्त्रिक अवस्था, चार्जिङजस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल पाइएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । निर्वाचन कार्यक्रमको मुखमा गृहमन्त्रीको आदेशमा सुचारु भयो भनेर चर्चामा आएको लुम्बिनीमा थन्किएर रहेका बस पुनः थन्किएपछि आलोचना सुरु भएको छ ।

    कार्यविधि र कानुनी जटिलताका कारण धेरै पर्खाइपछि विकास कोषका विद्युतीय बस विभिन्न ५ गनतव्यमा गुडेका थिए । कार्यविधिले संचालनमा रोकिएको सवारीसाधन दसैंतिहारलाई लक्षित गर्दै बुद्ध सर्किटको ५ रुटमा परीक्षणकालका लागि विकास कोषका उपाध्यक्ष अवेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले रिबन काटेर बस संचालनको शुभाराम्भ गरेका थिए । परीक्षणकालमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी व्यवसायी र विकाष कोषले एक–एक वटाको व्यवस्थापन गरी संचालनमा ल्याएका थिए ।

    दीर्घकालीन योजनाविनै ती बसहरु आन्तरिक तथा बाह्य पर्यटकका लागि दसैंभरि निःशुल्क रूपमा सुचारु गराएर अहिले थन्काइएको छ । नितान्त सरकारी प्रयोगमा आउने सेतो प्लेटका गाडी गृहमन्त्रीको निर्देशनमा पर्यटकका लागि चलाइएको थियो । धेरै समयदेखि आलोचित बन्दै गरेको ती बस संचालनका लागि पर्यटन नागरिक उडडयन तथा संस्कृति मन्त्रालयले विद्युतीय सवारीसाधन सन्चालन गर्नका लागि १९ जेठमा कार्यविधि बनाउने निर्णय गरेसगै कोषाध्यक्ष ढुण्डीराज भटराई(सिद्धिचरण)लाई नै संयोजक तोकेको थियो ।

    बोर्ड सदस्यहरू विश्वराज पौडेल र राजेश शाक्य रहेको कार्यदलले भदौमा नै कार्यविधिको खाका र अवस्थाबारे प्रतिवेदन बुझएका थिए । रिर्पोटमा कार्यदलले धेरै समयदेखि थन्किएका सवारीसाधनमध्ये ५ वटा भ्यान र ५ वटा बस संचालन योग्य थियो र ९ वटा भ्यानको ब्याट्रीमा समस्या देखिए जानकारी गराएका थिए । दसैंअघि नै संचालन गर्न सकिने भन्दै कार्यदलले गाडीको अवस्था, रुट, चार्जिङ स्टेशन लगायतका विषयमा प्रतिवेदन र कार्यविधिको खाका बुझाएपछि बस भने परीक्षण कालको लागि सुचारु भएको थियो ।

    कोषका कोषाध्यक्ष भट्टराईले जनतालाई सेवा गर्नका लागि बस संचालनमा ल्याइएको थियो । भाडासहित संचालनमा ल्याउनका लागि हरियो प्लेट चाहिने हुँदा विकास कोषको नाममा सेतो प्लेटमा आए पनि सिधै हरियो प्लेट बनाउने ऐन कानुन नभएकोले मन्त्रिपरिषदबाट निर्णय गरेर संचालनमा ल्याउने बताए । परीक्षण सफल भएकोले नियमित संचालनमा आएपछि मर्मत र व्यवस्थापनका लागि सम्झौता गर्ने भट्टराईले भने । एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत करिब १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो ।

    परीक्षण कालमा संचालनमा ल्याउँदा पनि बस ठोक्किएर केही क्षति भएको छ । यतायात व्यवस्था कार्यालय रुपन्देहीका कार्यालय प्रमुख मोहन अर्यालले सेतो प्लेटमा पर्यटक बोक्न नमिल्ने कानुनी प्रावधान रहेको बताए । ‘लुम्बिनी विकास कोषका गाडी सेतो प्लेटमा दर्ता भएको भए पनि पर्यटक बोक्न हरियो प्लेटमा लैजानुपर्छ । सेतो प्लेट नितान्त सरकारी सवारीसाधन हो । यसमा पर्यटक बोक्न मिल्दैन हरियो प्लेटमा लैजाने कानुनी प्रावधान छैन,’ अर्यालले भने, ‘हरियो प्लेटमा लैजानका लागि विकास कोषलाई सुझाव दिएका छौँ ।

    जसका लागि मन्त्रिपरिषदमा निर्णय गराएर कानुनी रुप प्रदान गरेर हरियो प्लेटमा लैजाने पहल गर्न सकिन्छ।’ सार्वजनिक यातायातहरूसँग कुनै समन्वय नगरी विद्युतीय बस निःशुल्क सञ्चालन गरे निजी व्यवसायीहरु धरासायी हुने सिद्धार्थ सार्वजनिक यातायात प्रालिका उपाध्यक्ष खड्कबहादुर गुरुङ बताउँछन् । बुद्ध जन्मभूमि लुम्बिनी क्षेत्रको बढ्दो प्रदुषणमा कमि ल्याउन ३ वर्ष अघि एसियाली विकास बैंकले अनुदानमा ५ वटा विद्युतिय बस र १४ वटा विद्युतिय ट्याक्सी कार लुम्विनी बिकास कोषलाई दिएको थियो ।

    एडीबीले सन् २०१८ जनवरी ९ तारिखमा विद्युतीय गाडी, गाडी चार्जिङ गर्ने स्टेशन र सोलारसमेत उपलब्ध गराउने सम्झौता गरेको थियो । सम्झौताअनुरूप बस र ट्याक्सी लुम्बिनी आए, तर कार्यविधि र कानुनी जटिलताका कारण चल्न नसकेर अलपत्र परेको थियो । पाँचवटा बसमध्ये एउटा बस बुटवल–भैरहवा–बेलहिया–एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया–भैरहवा–एयरपोर्ट हँदै लुम्बिनी, तेस्रो बस नवलपरासी–रामग्राम–भैरहवा–बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौंथो बस कपिलवस्तु–तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालन भएको विकास कोषले जानकारी दिएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.