• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

को हुँदैछन् गण्डकीमा दलका नेता ? सर्वसम्मत नहुने डर

  •   शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । गण्डकी प्रदेशमा सांसद चयनको प्रक्रिया सकिएको छ । अब सबैको ध्यान संसदीय दलको नेता चयनमा केन्द्रित छ । पहिलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेता सर्वसम्मत नहुने सम्भावना बढेको छ । केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई संसदीय दलको नेताका रुपमा हेरिएको छ । यद्यपि, उनलाई नवलपुरका सभापति महेन्द्रध्वज जिसीले चुनौति दिएका छन् ।

    उनले आफुसँग बहुमत भएकोले प्रतिश्पर्धा गर्ने बताए । ‘शुक्रराज दाइ नआएपछि म नै दावेदार हुँ,’ उनले भनेका छन्, ‘मसँग बहुमत छ, चुनाव जित्छु ।’ तर पाण्डे भने सर्वसम्मत रुपमा आफैँ नेता बन्ने बताउँछन् । ‘चुनाव हुँदैन । सर्वसम्मत नेतृत्व चयन हुन्छ,’ उनले भने, ‘म ने संसदीय दलको नेता हुँ ।’ पाण्डे संस्थापन पक्षका हुन् भने जिसी संस्थापनइतर हुन् ।

    त्यसो त संस्थापनबाटै विन्दुकुमार थापाले पनि दलको नेता दावी गरेका छन् भने इतरबाट अर्का नेता भोजराज अर्यालले दावी गरेका छन् । यद्यपि, सर्वसम्मतको प्रयास हुने बताइएको छ । दोश्रो ठूलो दल नेकपा एमालेमा पनि दलको नेताका रुपमा खगराज अधिकारीलाई हेरिएको छ । उनी संगठन विभाग प्रमुख तथा केन्द्रीय सदस्य हुन् । पार्टीभित्र उनी सबैभन्दा माथिल्लो पदको नेता छन्, प्रदेश सांसदमध्येमा । तर, उनलाई पनि अरु सांसदहरुले चुनौती दिने बुझिएको छ ।

    कास्कीमा खगराज र पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको छुट्टै समूह छ । उक्त समूह प्रदेशसम्म पनि झाँगिएको छ । पिएसले संसदीय नेताका लागि अरुलाई अघि सार्न सक्ने धेरैको आंकलन छ । त्यसो हुँदा बागलुङका लिलाबहादुर थापा, कास्कीका भीम कार्की लगायत नेताहरुको चर्चा छ । यद्यपी उनीहरुले सार्वजनिक रुपमा आफू दलको नेता हुने बक्तब्य दिएका छैनन् । पिएसले यसअघि नै खगराजलाई चुनौती दिँदै निर्वाचनको समयमा लमजुङले पुनः मुख्यमन्त्री पाउन सक्ने बताएका थिए ।

    उनले जमिन्द्रमान घलेलाईअघि सार्ने बुझिएको थियो । तर, घले प्रतिस्पर्धामै पराजित भए । माओवादीले हरिबहादुर चुमानलाई दलको नेता बनाउन सक्छ । उनी यसअघि पनि दलको नेता भएर काम गरिसकेका व्यक्ति हुन् । त्यसो त, उनलाई चुनौती दिने नेताहरु पनि खासै निर्वाचित भएका छैनन् । यद्यपी उनी पार्टीभित्र देव गुरुङ समूह निकट मानिन्छन् ।

    उनीविरुद्ध पनि उम्मेदवारी पर्न सक्ने माओवादीकै नेताहरुको दावी छ । तर प्रतिस्पर्धामा को आउने भन्ने कुनै संकेत गरेका छैनन् । माओवादीले समानुपातिकसहित ८ सिट जित्दै तेश्रो दल बनेको छ । कांग्रेससँग २७ सिट छ भने एमालेले २२ सिट पाएको छ । समानुपातिकबाट संसदमा इन्ट्री गरेको राप्रपासँग २ सिट र एकीकृत समाजवादीको १ सिट छ ।

    मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेपछि उक्त पार्टीलाई शून्य हुनबाट जोगाएका छन् । अन्य पार्टीले यहाँ संसदीय दलको नेता पाउँदैनन्, उनीहरुको संसदीय कार्यालय पनि रहने छैन । अहिले संसदीय दलको नेता बन्न सांसदहरुको काठमाडौं दौडधुप बढेको छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.