• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

रत्ननगरका स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा दान सम्बन्धी अनुशिक्षण

  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    त्ननगर। पूर्वी चितवनको रत्ननगर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा दान सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । न्यू क्यापिटल कलेज रत्ननगरमा नेत्रदान सम्बन्धी सचेतनामूलक अनुशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो । लायन्स क्लब अफ चितवन नेशनल पार्क र रत्ननगर नगरपालिका २ नं. वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा स्वयंसेविकाहरुलाई आँखा दानको महत्व, आँखा दानको प्रक्रिया, दातासम्म कसरी पु¥याउने भन्ने बारेमा प्रशिक्षित गरिएको छ ।

    भरतपुर आँखा अस्पतालको आँखा नानी संकलन केन्द्र, भीमराज उषामाया पाठक आँखा बैंकले सहजीकरण गरेको कार्यक्रममा नगरपालिकाका ६२ जनास्वयंसेविकाहरु सहभागी हुनुहुन्थ्यो । सो अवसरमा लायन्स क्लबका पूर्व गभर्नर तथा आँखा बैंकका संयोजक प्रभातकुमार जोशीले महिलाले गरेको काम गुणात्मक रुपमा राम्रो हुने गरेको बताउँदै आँखा दान कार्यक्रम प्रभावकारी बनाउन लाग्नु पर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो “महिलाले सिके सिंगो परिवार र समाज शिक्षित हुन्छ ।” एक पटक फेरेको आँखाले जीवनभर देख्न सकिने बताउँदै उहाँले आँखा नदेख्नेलाई देख्ने बनाउने जस्तो पुण्य काम अरु नहुने बताउनुभयो । कार्यक्रममा भरतपुर आँखा अस्पतालका डा। सिर्जना पराजुलीले जीवनमा गरिने सबैभन्दा पुण्य कर्म आँखा दान भएको बताउँदै आँखा दान गर्न सबैलाई आव्हान गर्नुभयो । उहाँले आँखा दान गर्नका लागि उमेर र लिंगको कुनै बन्देज नभएको बताउँदै बच्चादेखि बृद्धसम्मले आँखा दान गर्न सक्ने जानकारी दिनुभयो ।

    एउटा व्यक्तिले दान गरेको आँखाले चार जनाले संसार देख्ने बताउँदै उहाँले रेविज, हेपटाईटिस, एड्स, टिवी, क्यान्सर लागेका बाहेक अरुबाट आँखाको नानी संकलन गर्न सकिने बताउनुभयो । उहाँले आँखा दानभन्दा आँखाको पूरै भाग निकाल्ने सम्झने गरेको भन्दै उहाँले आँखाको अगाडिको पातलो झिल्ली मात्रै निकालिने जानकारी दिनुभयो । उहाँले मृत्यु भएको आठ घण्टाभित्र नानी संकलन गर्न राम्रो हुने बताउनुभयो । कार्यक्रममा आँखा बैंक कोअर्डिनेटर छाया श्रेष्ठले जुनसुकै समयमा पनि आँखाको नानी संकलनका लागि जानकारी पाउन साथ आफूहरु नानी संकलनका लागि आउने बताउनुभयो । उहाँले भन्नुभयो “जहाँ मृत्यु भएको छ, त्यही आएर हामीले नानी संकलन गर्दछौं ।”

    कार्यक्रममा लायन्स क्लब अफ चितवन नेशनल पार्कका संस्थापक अध्यक्ष निरज श्रेष्ठले स्वयंसेविकाहरुले आँखा दानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले समाजमा प्रत्यक्ष घुलमिल हुने स्वयंसेविकाहरुलाई यो पुण्य कर्ममा सघाउन आग्रह गर्नुभयो । उहाँले पूर्वी चितवनमा आँखा दान सम्बन्धी समन्वय गर्न आफूलाई सम्पर्क गर्न सक्ने जानकारी दिनुभयो ।

    क्लबका अध्यक्ष राजु कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वी चितवनका ६७ जनाको आँखा दान गर्न ईच्छापत्र फारा भरेका छन् । सोही अवसरमा उक्त फारम अस्पताललाई हस्तान्तरण गरिएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.