• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

पोखराको फोहोर व्यवस्थापन : ८ वर्षअघि नै भएको थियो विजुली निकाल्ने अध्ययन

  •   सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । पोखराको फोहोर व्यवस्थापन वडा तहमै सुरु गरिएको छ । निर्माण सकिएको अन्तराष्ट्रिय विमानस्थलमा जनवरी १ देखि अन्तराष्ट्रिय उडान गर्ने भएपछि उडान रुटमा पर्ने पोखरा १४ बाच्छेबुडुवाको ल्याण्डफिल साइट पुर्न थालिएको हो । चार वर्षअघि देखि ल्याण्डफिल हटाउन आयोजनाले गरेको पत्राचारलाई वेवास्ता गरेको महानगरले अन्तिमसम्म जग्गा खोजी गर्न नसक्दा वडामै फोहोर पुर्न थालिएको छ । अझै ४ महिनासम्म वडामै फोहोर थन्क्याउनुपर्ने अवस्था रहेको मेयर धनराज आचार्यले बताए ।

    तत्कालका लागि यहाँका ६ वडामा फोहोर राखिने छ । महानगरले नयाँ ल्याण्डफिलको खोजी पनि गरिरहेको छ । ३ वटा ठाउँमा जग्गा पहिचान गरी वातावरणीय प्रभाव मुल्यांकनको अध्ययन भैरहेको आचार्यले सुनाए । २१, २२ र ३३ नम्बर वडामा ल्याण्डफिल उपयुक्त हुन सक्ने सिफारिस अध्ययन समितिले दिएको छ । यसअघि नै पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको संयोजकत्वमा जग्गा खोजी समिति गठन भएको थियो । जनवरी १ तारिखदेखि पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालनमा आउने भएकोले उडान रुटमा पर्ने ल्याण्डफिल स्थानान्तरण गर्न लागिएको हो ।

    पोखरा १४ को ल्याण्डफिल भने माटोले पुर्न थालिएको छ । ८ वर्षअघि नै बिजुली निकाल्ने अध्ययन ल्याण्डफिलमा फोहोर लैजान नपाएपछि अहिले पोखरा महानगरलाई फोहोर व्यवस्थापन टाउको दुखाई बनेको छ । विभिन्न मुलुकहरूमा फोहोरबाट बायो ग्याँस, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचर लगायत विभिन्न सामाग्रीहरू समेत उत्पादन गरिरहेको छ । पोखरामा पनि त्यस्तै कारखाना बनाउने योजना छ । तर टुंगोमा पुगेको छैन ।

    तत्कालीन पोखरा उपमहानगरपालिकाले नै १८औं नगरपरिषद्बाट निर्णय गराएर विजुली उत्पादनको अध्ययन गरेको थियो । गोल्डरस कम्पनीले अध्ययन गरेर पोखराको फोहोरबाट ८ दशमलव २ मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने प्रतिवेदन दिएको थियो । उक्त कम्पनीले २ वर्ष लगाएर अध्ययन गरेको हो । अध्ययन अनुसार तत्कालीन समयमा पोखराबाट दैनिक १ सय टन फोहरमैला संकलन गर्ने योजना थियो । एक सय टन फोहोर संकलन भए ५ दशमलव २ देखि ८ दशमलव २ मेगावाटसम्म विद्युत उत्पादन हुने रिपोर्ट छ ।

    उक्त प्रोजेक्ट सम्पन्न गर्न करिब २ अर्ब ४० करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान थियो । आयोजनामा ३० प्रतिशत महानगरबासीको शेयर हुने र बाँकी कम्पनीले लगानी गर्ने बताइएको थियो । तर उक्त प्रश्ताव त्यसै थन्किएर बसेको छ । गोल्डरसले ३० बर्षसम्मको लागि सम्झौता गरेर १ बर्षभित्र काम सुरु गरी दोश्रो बर्षबाट उत्पादन सुरु गर्ने बताएको थियो ।

    अहिले यहाँ अध्ययनभन्दा निकै बढी फोहोर उत्सर्जन हुन्छ । अझै बढी विजुली उत्पादन हुन सक्छ । मेयर आचार्यले अहिले पनि धेरै कम्पनीहरु उर्जा उत्पादनका लागि चासो दिएर आएका बताए । सकेसम्म विजुली र ग्याँस उत्पादनमा आफुहरुले चासो दिएको उनको भनाई छ । ‘विजुली उत्पादन गर्दा त्यसको खरानी पनि सिमेण्ट कारखानामा प्रयोग हुन्छ ।

    पोखराका लागि विजुली नै राम्रो प्रोजेक्ट हो,’ उनले अघि थपे, ‘विजुली र ग्याँस सम्भव नभए मात्रै अरुतिर जान्छौं ।’ उनले पोखराको फोहोरबाट आम्दानी गर्नका लागि आफुहरु लागेको बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.