काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १८ हजार ३५० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५९ प्रतिशत संक्रमित निको भएका छन् । मुलुकभर १२ हजार ६२१ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा १२ हजार ५१९ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ११ हजार ६५८ रहेका छन् । होम आइशोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।








