चितवन:नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आजदेखि २१ गतेसम्म सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको छ ।‘कोभिड–१९’ को सम्भावित जोखिम नियन्त्रण गर्ने उद्देश्यले सरकारले चालेको कदमलाई सहयोग गर्न आफू मातहतका सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए ।








