• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चार वर्षपछि सुन्तला उत्पादन बढ्यो

  •   शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । खोटाङमा चार वर्षपछि सुन्तला उत्पादनमा बृद्धि भएको छ । विगतका तीन आर्थिक वर्ष लगातार सुन्तला उत्पादनमा र्‍हास आएको जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० मा सुन्तला उत्पादनमा बृद्धि भएको हो । ७४२ हेक्टरमा आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ३३१ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ७२५ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । राम्रो मौसम तथा रोगकिराको न्यून क्षतीले गर्दा हलेसी तुवाचुङ नगरपालिकाको सल्ले, हलेसी, बराहपोखरी गाउँपालिकाको सुन्तले, जन्तेढुंगा गाउँपालिकाको घोर्ले, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बु, याम्खामा बृद्धि सुन्तला उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

    सुन्तला उत्पादन बढ्दा किसान उत्साहित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष दोब्बर आम्दानी भएको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका किसान श्याम राईले बताए । ‘बगानबाट साँढे तीन ट्याक्टर सुन्तला बिक्री भयो,’ राईले भने, ‘यसपल्ट साँढे पाँच लाखको आम्दानी भयो । गत वर्षभन्दा डवल आम्दानी भएको छ ।’ खोटाङको याम्खा, लामीडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, दिप्लुङ, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानी लगायतका २६ भन्दा बढि वडामा व्यवसायीकरुपमा सुन्तला उत्पादन हुने गरेको छ ।

    जिल्लामा उत्पादित सुन्तला ट्याक्टरमार्फत सबैभन्दा बढि उदयपुरको बेल्टार हुँदै ईटहरी, धरान, बिराटनगर लगायतका शहरमा पुग्ने गरेको छ । गाउँ–गाउँमा सडकको पहुँच विस्तारसँगै याम्खा, टेम्मा, चिसापानीको घोर्ले लगायतका कतिपय ठाउँका किसानको बगानमा उत्पादन भएका सुन्तला सिधै ठेकेदारमार्फत तराई निर्यात हुन थालेको छ । चिसापानीको घोर्लेबाट मात्रै वार्षिक करोडको सुन्तला निर्यात हुने गरेको छ । घोर्लेबाट यस वर्ष १६/१७ ट्याक्टर सुन्तला निर्यात भइसकेको छ ।

    सुन्तला खरिदका लागि ठेकेदार ट्याक्टर लिएर घोर्ले आउने गरेका छन् । दिक्तेल, हलेसी, बाक्सिला, रभुवा, खोटाङबजार, चिसापानी लगायतका बजारमा अहिले सरदर प्रतिदाना ५ रुपैयाँ तथा प्रतिकेजी सयको हाराहारीमा सुन्तला खरिद बिक्री भइरहेको छ । सुन्तला खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना भए पनि सरकारी निकायबाट उचित सहयोग पाउन नसकेको कृषकहरुको गुनासो छ । सरकारी निकायबाट प्याकेजिङ, ग्रेडिङ, प्रसोधन र ढुवानीमा सहयोग भए सुन्तलाबाट आर्थिक संबृद्धि प्राप्त गर्न सकिने लामीडाँडाका किसान शिवकुमार बिश्वकर्माले बताए ।

    जयरामस्थित दुधकोसी र फोक्सिङटारस्थित सुनकोसीमा पक्की पुल बनेका कारण सिधा बाटो खुलेकाले कतिपय सुन्तला जिल्लाबाट सिधै सहर पुर्‍याउने वाताबरण बनेको छ । जिल्लामा उत्पादित सुन्तलामध्ये करिब ४५ प्रतिशत सुन्तला बजारसम्म पुग्ने गरेको अनुमान गरिएको छ । सुन्तलाबाट सहजताकासाथ आउने आम्दानीका कारण पछिल्लो समय जिल्लामा सुन्तला खेती लगाउने किसान बढ्दो छ ।

    कृषि ज्ञान केन्द्र वा कृषि फर्मबाट सुन्तलाको बेर्ना लगेर मकै, कोदो फल्ने बारीमा रोप्ने किसान बढेका छन् । जिल्लाका कतिपय स्थानीय तहले समेत पकेट क्षेत्र विस्तार गर्नेगरी सुन्तला खेती प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सञ्चालन
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.