• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

टाइम फर्मासिटिकल्सले २५ औँ बार्षिकोत्सव भव्य रुपमा मनायो!

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नवलपुरको गैडाकोटमा रहेको टाइम फर्मासिटिकल्सले आफ्नो स्थापनाको २५ औँ बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । चितवनको भरतपुरमा एक समारोहका बीच आफ्नो स्थनापनाको २५ औँ बार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको हो । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले औषधी उद्योगसँग सम्बन्धित नीतिगत समस्याहरु समाधान हुनुपर्ने बताउनुभयो । उहाँले औषधी खरिदका लागि ठूलो रकम विदेशीने भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नीति ल्याउन आवश्यक रहेको बताउनुभयो ।

    अधिकारीले नेपाली जडीबुटी र कच्चा पदार्थ प्रयोग गरेर औषधी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय औषधी प्रयोगशालका पानबहादुर क्षेत्रीले औषधी उत्पादनको क्षेत्रमा ठूलो प्रविधिको प्रयोग गरिएको भन्दै नेपाली औषधी गुणस्तरीय बनाउन ठूलो मिहिनेत परेको स्पष्ट पार्नुभयो । औषधी व्यवस्था विभागका सन्तोष केसीले कठिन परिस्थितिमा पनि नेपाली उद्योगहरुले औषधी उत्पादन गरिरहेको भन्दै बंगलादेशमा लिईएको आत्मनिर्भर औषधि आयातमा प्रतिबन्धको नीति नेपालमा पनि लागू गर्नुपर्ने बताउनुभयो ।

    नेपाल औषधी उत्पादक संघका महासचिव विप्लव अधिकारीले राज्यले औषधीलाई अत्याआवश्यक हो भन्ने दृष्टिले नरहेको बताउनुभयो । उहाँले नेपालमा ८३ वटा उद्योगहरुले औषधीहरु उत्पादन गरिरहेको भन्दै थप उद्योगहरु आउने क्रममा रहेको जानकारी गराउनुभयो । उहाँले टाईम यस क्षेत्रको माउ कम्पनी भएको बताउदै आफ्ना कम्पनीहरु जन्माउनमा पनि टाईमको भूमिका रहेको बताउनुभयो । कार्यक्रममा उद्योगका कार्यकारी अध्यक्ष डा.जीनारायणबहादुर क्षेत्रीले २८ बर्ष अगाडी उद्योग स्थापनाको तयारीको स्मरण गर्दै धेरैले उद्योगमा लगानी नगरी औषधीको व्यापार गर्न सुझाव दिएको बताउनुभयो ।

    उहाँले आफूले जसरी भएपनि स्वदेशमा नै उद्योग खोल्ने अठोट लिएर अघि बढेको भन्दै आज सफलता मिलेको बताउनुभयो । यहाँसम्म आईपुग्न धेरै मिहिनेत गर्न परेको भन्दै उहाँले आज टाईम बालियो कम्पनीको रुपमा स्थापित भएको बताउनुभयो । कार्यक्रममा कम्पनीका सञ्चालक आशिष भण्डारीले स्वागत गर्नुभएको थियो । कम्पनीका सचिव धुव्र आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रबन्ध निर्देशक सुर्दशनलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा उद्योगमा निरन्तर २५ बर्ष काम गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

    विसं २०५५ साल मंसिरमा तत्कालीन मुकुन्दपुर गाउँ विकास समिति र हालको गैँडाकोट नगरपालिका वडा नं–१० मुकुन्दपुरमा यो उद्योग स्थापना गरिएको थियोे । एक करोड १० लाख रूपैयाँको लागतमा सुरू भएको यो उद्योगमा अहिले ५० करोडभन्दा बढीको लगानी भइसकेको छ । तत्कालीन समयमा ६ जना शेयरधनी रहेको यो उद्योगमा शेयरधनी संख्या बढेको छ । नारायणगढ र काठमाडौँका शेयरधनी रहेको यो उद्योगमा पाँच लाखदेखि दुई करोडसम्म लगानी गर्ने शेयरधनी रहेका छन् ।

    सुरूवातमा आठ प्रकारका औषधि उत्पादन गर्ने उद्योगमा अहिले २५० भन्दा बढी प्रकारका औषधि उत्पादन हुँदै आएका छन् । यो उद्योगले सुरूमा साइनेक्स, हाइमोक्स, प्याराफ्लाम जस्ता औषधि उत्पादन गरेको थियो । हाल उद्योगले मुटु, मधुमेह, एन्टिबायोटिक्स, मनोरोग, जनरल मेडिसिडन जस्ता औषधि उत्पादन गर्दै आएको कार्यकारी अध्यक्ष क्षेत्री बताउनुहुन्छ । मलम, ट्याबलेट, क्याप्सुल, झोल, कान र आँखाका ड्रप यहाँ उत्पादन हुँदै आएका छन् । क्षेत्रीका अनुसार सो उद्योगले खोपबाहेकका सबै औषधि उत्पादन गर्दै आएको छ ।

    ३७० जना कामदारलाई रोजगारी दिन उद्योग सफल भएको छ । रूघाखोकीको साइनेक्स, दुखाइ कम गर्ने प्याराफ्लाम, इन्टीबायोटिक्स हाइमोक्स, एजेटटी, मुटुको लोडिप, भिटामिन बी कम्प्लेक्स जस्ता औषधि यहाँबाट उत्पादन हुँदै आएका छन् । पाँच सात महिनाभित्रमा चीन र अफ्रिकामा औषधि निर्यातको तयारीमा रहेको उद्योगको भगिनी संस्थानले नेपालमै लोड सल्लोबाट क्यान्सर उपचारको औषधिको कच्चा पदार्थसमेत बनाउँदै छ । भविष्यमा खोपसहित नयाँ नयाँ औषधि उत्पादन गर्ने योजनामा रहेको यो कम्पनीलाई देशकै अग्रणी कम्पनी बनाउने लक्ष्य लिईएको क्षेत्री बताउनुहुन्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.