• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रतनपुर क्षेत्रमा वन्यजन्तुको प्रकोप नियन्त्रणको लागि सर्वपक्षीय छलफल

  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बारा । बाराको निजगढ नगरपालिकाको रतनपुर क्षेत्रमा वन्यजन्तुले घरपालवा चौपाय र किसानको बाली खाएर क्षेति पुर्‍योएपछि निजगढ नगरपालिकाले वन्यजन्तुबाट हुने क्षेति न्युनीकरणको लागि सोमबार सर्वपक्षीय छलफल कार्यक्रमको आयोजना गरेको छ । पछिल्लो समय रतनपुर क्षेत्रमा वन्यजन्तुले घरपालुवा चौपाय मारेर खाने क्रम बढेपछि चिन्तित बनेका स्थानीयबासिन्दाको आग्रहमा नगरपालिकाले छलफल कार्यक्रमको आयोजना गरेको हो ।

    पर्सा वन्यजन्तु निकुञ्जका कर्मचारी, जनप्रतिनिधि, स्थानीयबासिन्दा र सञ्चारकर्मीसमेतको सहभागितामा भएको सो छलफल कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ११, १२ र १३ मा पर्ने रतनपुर क्षेत्रमा वन्यजन्तुले पुर्याएको क्षतिबारे पीडित स्थानीयले जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरोले पर्सा वन्यजन्तु निकुञ्जको क्षेत्र विस्तार गरिएसंगै रतनपुर क्षेत्रमा बाघ, हात्ती र बदेल जस्ता वन्यजन्तुले स्थानीयले पालेका चौपाय मार्ने र अन्नबालीमा क्षति पुर्‍याउने क्रम बढेको बताए ।

    उनले वन्यजन्तुबाट पुगेको क्षतिमा आरक्षले किसानलाई अहिलेसम्म कुनै राहतको व्यवस्थान गरेको बताउँदै प्रकोप न्यूनीकरणको लागि योजना बनाएर काम गर्न आग्रह गरे । त्यसैगरी वडा नम्बर १३ का वडा अध्यक्ष सूर्यबहादुर घलानले पछिल्लो एक वर्षभित्र उक्त क्षेत्रमा बाघले एक दर्जनभन्दा बढी चौपाय मारेर खाएको जानकारी दिँदै वन्यजन्तुको प्रकोप नियन्त्रणको लागि आरक्ष कार्यलयले प्रभावकारी काम गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै पर्सा वन्यजन्तु निकुञ्जका वार्डेन मनोज रामले निकुञ्जको जंगलमा बाघको संख्या बढेको जानकारी दिदै वन्यजुन्तको प्रकोप नियन्त्रणको लागि स्थानीयले अपनाउनुपर्ने उपायको बारेमा सुझाउनुभएको थियो ।

    उनले वन क्षेत्रसंग जोडिएका देशभरिका बस्तिमा यस्तो समस्या रहेको पनि बताए । छलफलले नगर क्षेत्रमा देखा परेको जंगली जनावरको प्रकोप न्युनीकरणको लागि स्थानीय तह र अन्य सरोकारवाला निकायहरुको समन्वयमा निकुञ्जले चेतनामूलक कार्यक्रम संचालन गर्ने, वन्यजन्तुको प्रकोप रोकथाम गर्न आरक्षको सीमा क्षेत्रभित्र पर्ने बस्तिहरुमा सुरक्षाकर्मीको नियमित र प्रभावकारी गस्ति संचालन गर्ने तथा समस्याको दीगो समाधनको लागि दीर्घकालीन योजना निर्माण गर्ने र निकुञ्ज बाहिरको क्षेत्रमा घाँस दाउरा संकलन गर्न जाने स्थानीयलाई निकुञ्जले सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ ।

    नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख साममाया थिङ्ग, निकुञ्जका प्रमुख सेनानी मुक्तिविक्रम शाह, नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताललगायतको सहभागिता रहेको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.