• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

बाटोमै टुट्यो अमेरिकाको सपना

  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रुकुमपश्चिम। अवैध बाटो हुँदै ‘सपनाको देश’ अमेरिका जाने क्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१०, का २० वर्षीय मदन शाही पानामाको जङ्गलमा मृत अवस्थामा भेटिएको खबर घरमा आइपुगेको छ।

    छोरो अमेरिका पुगेको खबर कहिले आउला भन्दै कुरेर बसेकी पुतली शाही छोरो नै नरहेको खबर सुनेर मर्माहत भएकी छन्। मदनले घर छोडेको वर्ष दिन पुग्नै लाग्दा आइपुगेको दुखद खबरले परिवार र आफन्तलाई विक्षिप्त बनाएको छ।

    मदनका दाइ कपिल शाहीले गत वर्षको फागुनमा घरबाट निस्केको भाइको मङ्सिर २५ गते मृत्यु भएको खबर सामाजिक सञ्जालमा फैलिएको जानकारी दिए।

    “घरमा बज्रपात भयो,” कपिलले भने, “कयौँ सपना साँचेर भाइ अमेरिका जान हिँडेको थियो, सबै सपना चकनाचुर भए, परिवारमा बल्नै लागेको खुसीको दियो निभ्यो।” मृत्युको खबर आधिकारिक रूपमा नआए पनि सँगै गएका साथीमार्फत जङ्गलको खोला किनारमा शव भेटिएको भन्दै परिवारसम्म सूचना आइपुगेको हो।

    आठ वर्षसम्म नेपाली सेनाको जागिर खाएका रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, थर्पुगाउँका ४० वर्षीय रमेश गौतमको सपनाको देश अमेरिका थियो।

    सेनाबाट स्वेच्छिक अवकाश लिएर केही समय घर बसेपछि अवैध बाटो हुँदै अमेरिका जानेक्रममा गत कात्तिक २५ मा पानामाको क्यारेबियन सागरमा रमेशको जीवनयात्रा टुङ्गियो। समुद्रमा उनीसहित २५ जना चढेको डुङ्गा दुर्घटना भएपछि सपनाको देशको यात्रा पानामा सागरमै बिलायो।

    रमेशसँगै थिए रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–७ का २५ वर्षीय प्रदीप खत्री पनि। पहिलो पटकको अवैध यात्रा असफल भएर बीचबाटै नेपाल फर्किएका खत्री दोस्रो पटक अमेरिकी सपना पछ्याउँदै पुनः जाँदा क्यारेबियन सागरमा अस्ताउनु प¥यो।

    अमेरिका यात्रा गर्नेहरूको हुलमा मिसिएका बाँफीकोट गाउँपालिका–३ का २८ वर्षीय रूपक बोहराको पनि गत वर्षको मङ्सिर ११ गते बाटोमै ज्यान गएको थियो। गैरकानुनी रूपमा अमेरिका हिँडेका बोहरा घानामा मलेरियाबाट ग्रसित भएपछि बेलैमा उपचार नपाएर मृत्यु भएको थियो।

    अलपत्र अवस्थामा रहेका बोहरालाई त्यहाँका नेपालीले उद्धार गरेर अस्पताल पु¥याएको केही दिनमै मृत्यु भएको थियो। श्रीमान् बित्दा काखमा नौ महिनाकी छोरी र दुई वर्षको छोरो रहेको बताउँदै बोहराकी श्रीमती गीता पुरी बोहराले जीवनका कयौँ सपना चकनाचुर भएको बताईन्।

    सङ्गठित मानव तस्करको भर परेर अमेरिका जानेको सङ्ख्या जिल्लामा बढ्दै गएको छ। अवैध रूपमा अमेरिका जाने लहर चल्दा लाखौँ रुपैयाँ डुब्ने जोखिम त छँदैछ, त्यसरी हिँडेकाको प्राण नै नरहने त्रास पनि उत्तिकै छ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.