• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भारतकी रजनी राईकाे नेपाली नागरिकता प्रकरण : प्रशासनदेखि जनप्रतिनिधिसम्मको प्रयोग गरी मिलाउने प्रयास

  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बारा । बाराको निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिन प्रसाशनदेखि जनप्रतिनिधिसम्मको मिलोमताे भएको पाइएको छ । जस कारण गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशन नै मौन देखिएको छ । निजगढ नगरपालिका–१२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा गैरनेपालीले नागरिकता पाएको करिब सात महिना बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालय बाराले कारबाही गरेको छैन, प्रसाशनले निजगढ नगरपालिका–१२का वडा अध्यक्ष ज्ञानबहादुर गोले र सर्जमिन गर्ने प्रहरीलाई समेत बचाउने गरी गृहमन्त्रालयमा पत्रचार गरेको खुलेको हो ।

    निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ कि रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । उनले ना. प्र. नं. ३३–२–७९–००५१३ को नागरिकताको प्रमाणपत्र लिएकी थिइन । वडा अध्यक्ष गोले र वडा अध्यक्षका आफन्त पर्ने तथा उनकै पार्टी नेपाली कांग्रेसका वडा सभापति समेत रहेका श्यामराज गोलेको मिलोमताेमा उनको नागरिता बनाइएको स्राेतकाे दाबी छ ।

    वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) कि छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत जेठ २४ गते सिफारिस पठाएको थियो । यसअघि वडा कार्यालयले जेठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो । तर, यसबीचमा प्रहरी, प्रशासन र जनप्रतिनिधिले कालिङपोङ घर भएकी रजनी राईको घर पुगेर उनको सक्कली नागरितासमेत नेपाल ल्याएका छन् भने नेपाली राहदानी लिएर राई भने अमेरिका पुगिसकेको बताइएको छ ।

    इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जिव ओलीले भने, ‘वडा कार्यलयको सिफारिसपछि प्रशासन कार्यालयले सर्जमिनको लागि इलाका प्रहरी कार्यालय निजगढमा पत्र पठाएको भए पनि सो पत्र इलाका प्रहरी कार्यालयमा दर्ता नगरी सिधै मातहतको अस्थायी प्रहरी चौकी रतनपुरीमा पुगेको र चौकीबाट नै सर्जमिन गरिएको पनि खुलेको र प्रहरी चौकीको क्षेत्रमा पर्ने भएको हुँदा उसैले सर्जमिन गर्नुपर्ने भए पनि आफूलाई जानकारी नै नदिइ पत्र आएको तथा चौकीमार्फत नै कागजपत्र तयार पारेर लगिएको थियो ।

    कार्यालयको नाममा आएको पत्र सिधै अस्थायी प्रहरी चौकीमा पुगेको रहेछ उतैबाट कागजपत्र बनाएर नागरिकता बनाएको देखियो ।’ तर, प्रहरी निरिक्षक ओलीले आफूलाई जानकारी नभई मातहतको अस्थायी प्रहरी चौकीमा पत्र पुगेको भनिए पनि पत्याउन नसकिने स्थानिएको भनाई छ । प्रहरीले सर्जमिन गर्ने प्रहरीको सरुवा गरेको छ, तर नाम भने बताएको छैन । तत्कालीन इलाका प्रशासन कार्यालय सिमराका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालको समेत यस बीचमा सरुवा गरिएको छ ।

    तत्कालीन प्रमुख अर्यालका अनुसार वडा कार्यालयबाट आएको सिफारिसको आधारमा रजनीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको बताए । दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय युवाहरूले पटक पटक इलाका प्रशासन कार्यालय सिमरालाई अनुरोध गर्दै उजुरीसमेत गरेका थिए । तर, प्रशासन र प्रहरीको मिलेमत्तेमा उजुरीमाथि कारबाही भएको छैन । बरु यसलाई सामसुम गर्न प्रशासन तस्पर देखिन्छ ।

    जिल्ला प्रशासन कार्यालय बाराका एक अधिकृतले भने, ‘हाललाई यो विषयमा कुनै पनि काम कारबाही नगर्नु भन्ने आदेश निर्वाचनभन्दा अगाडिसम्म गृह मन्त्रालयको थियो, यसबीचमा प्रसाशन कार्यलयले आफूले गर्ने अध्ययन नै नगरी बचाउन गृहमा सिफारिस भएको थियो, त्यसबेला गृहबाट नै थेग्नै नसक्ने दबाब आएपछि यो विषयमा कुनै कारबाही हुन सकेको थिएन । अहिले प्रशासनले नै कारबाही नगरी उटै मिलाउने काम गरेको थाहा हुन आएको हो ।

    .गैरनेपालीलाई नागरिकता दिनेलाई कारबाही नहुनु दुखद् हो । प्रमुख जिल्ला अघिकारीले नै दबाब दिएपछि हामी कर्मचारी बाध्य छौँ ।’ प्रशासन र जनप्रतिनिधिको मिलेमताे तथा आर्थिक प्रलोभनमा परेर गैरनेपालीलाई नागरिकता दिएको स्थानीयको आराेप छ । रजनीले वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) कि छोरी भन्दै राईको वडा कार्यालयले २३ जेठमा युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो भने नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत २४ जेठमा सिफारिस पठाएको थियो ।

    रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाडौंबाट राहदानीसमेत बनाएर लिएको बताइएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक सञ्जिव ओलीले नक्कली आमाबुबा बन्नेहरू हाल फरार रहेको र खोजीकार्य भइरहेको बताए । वडा कार्यालयको सिफारिसमा सिमरास्थित इलाका प्रशासन कार्यालयले भारत दार्जिलिङ घर भएकी २१ वर्षीया रजनी राईलाई गत १ असारमा ३३–०२–७९–००५१३ नम्बरको नेपाली नागरिकता प्रदान गरेको थियो ।

    नागरिकता प्राप्त गर्न रजनी हाल फरार रहेकी छिन् । वडा अध्यक्ष ज्ञानबहादुर गोलेले नागरिकताको लागि गत २४ जेठमा सिफारिस गरेका थिए । वडा अध्यक्ष गोलेले आर्थिक प्रलोभनमा परेर दार्जिलिङमा रहका आफ्ना नातेदारहरुमार्फत राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहयोग गरेको आरोप लागेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.