• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कर्णालीको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको काम सधैं विवादमा

  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुर्खेत । कर्णाली प्रदेशको कान्छो मन्त्रालयका रुपमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्म काममा नभई गफमा विश्वास राख्ने गरेका छन् । कहिले कार्यविधि नभएको त कहिले कर्मचारी नभएको भन्दै अनेक काममा उल्झन थापिरहने मन्त्रालयमध्येमा यो मन्त्रालयको नाम एक नम्वरमा आउँछ । जिल्लामा गएको बजेट कार्यान्वयनभन्दा पनि आफू निकटलाई कसरी काम दिन सकिन्छ भनेर मन्त्रीभन्दा बढी कर्मचारीहरु सक्रिय हुने गरेको पाइएको छ ।

    पूर्व जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले पद बहाली गरेको महिना दिनमै सिँचाइ र खानेपानीतर्फको १० करोड रुपैयाँ वितरण गरी योजना आयोगमा पठाएको थियो । त्यो वितरणमा कर्मचारीभन्दा मन्त्रीकै बढी हालीमुहाली भएकाले त्यो योजना असफल बनाउन मन्त्रालयका सिनियर कर्मचारी लागेका थिए । मन्त्रालयमा भएको हरेक सूचना ,जानकारी महालवाला मन्त्रीभन्दा अगाडी मुख्यमन्त्री कार्यालयमा पुर्याउन खप्पिस कर्मचारी कर्मचारीहरु मन्त्रीको हरेक गतिविधि निगरानी गर्ने काममा समय बढी खर्चिने गरेका थिए ।

    मन्त्री सिंह मन्त्रालयबाट बाहिरिनबित्तिकै नयाँ आएका मन्त्री रातो कामीलाई समेत छायामा पारेर अहिलेका मन्त्रीको काम के नै छ र भन्दै खिल्ली उडाउनेसम्मको काम कर्मचारीबाटै भएको बजारमा चर्चा थियो । भत्ता कहाँबाट आउँछ भन्नेमा मात्र ध्यान राख्ने, तर मन्त्रालयको विकास खर्च बढाउनतर्फ ध्यान नदिने कर्मचारीका कारण प्रदेशको जलस्रोत मन्त्रालय बेलाबेला आलोचनामा पर्ने गरेको छ । कर्णालीका सबै जिल्लामा समानुपातिक रुपमा कार्यक्रम दिनेभन्दा पनि आफनो जिल्लामा बढी कसरी र के गरेर पठाउन सकिन्छ त्यही विधि मात्र अबलम्वन गर्ने गरेको आरोप लाग्दै आएको छ ।

    मन्त्रीको सचिवालयबाट पठाएको र दिइएको निर्देशन मुखले मात्र हुन्छ भन्ने तर व्यवहारमा लागू नगर्दा काम प्रभावकारी हुन नसकेका हुन् । तत्कालीन मन्त्री गणेशप्रसाद सिंह हुँदा १० जिल्लामा डिपिआर गर्ने भनी पठाएको योजनाका विषयमा सरोकारवाला कार्यालयमा बुझ्न आउँदा योजना नै आएको छैन भन्दै फिर्ता पठाउने गरिएको गुनासोसमेत आएको छ । कर्मचारीको अभाव देखाएर प्रत्येक जिल्लामा पठाएका विकासे कार्यक्रमको डिपिआर अनुकूलका व्यक्तिलाई दिन भएभरको बल प्रयोग हुने गरेको छ ।

    अहिलेका मन्त्री रातो कामी आएको चार महिनासम्म केही कामसमेत गर्न नपाएको उनको सचिवालयले बताएको छ । कर्णालीमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने आकलन गरेका जलस्रोत मन्त्रालयका माथिल्लो ओहोदाका कर्मचारीले मन्त्री कामी र मन्त्री सिंहले निर्णय गरेर पठाएका योजनासमेत मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भए नभएका कुरा लगाएर रोक्ने काममा सक्रिय रहेको आरोप लाग्दै आएको छ । बजेट निर्माणदेखि अन्य कुरामा विभागीय मन्त्रीभन्दा मुख्यमन्त्रीका कुरा बढी सुनेर काम गर्दा विभागीय मन्त्री छायामा पर्ने गरेका थिए ।

    कर्णाली सरकारको ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनमा ढिलाइ पनि एक हो । कार्यविधि निर्माण नगरिँदा चालू आर्थिक वर्षको कार्यक्रम अलपत्र परेको हो । यो कार्यक्रमका लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि दश करोड बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालन हुँदै आएको उक्त कार्यक्रम यो वर्षदेखि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय मातहतमा लगिएको छ ।

    यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छुट्टै कार्यविधि बनाएर कार्य सञ्चालन गरेको थियो । जलस्रोत तथा उर्जा विकास मन्त्रालय मातहत आएपछि सोहीअनुरूपको कार्यविधि निर्माण गरेर मुख्यमन्त्री कार्यालयमा पठाए पनि त्यसलाई फाइनली रुप नदिँदा समस्य हुँदै आएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.