पोखरा । पोखरा महानगरपालिकामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार महानगरको वार्ड नं। १३ का ३०÷३० वर्षिय पुरुष, वडा नं. २४ का ३४ वर्षिय पुरुष र वडा नं. २९ का ३६ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । वडा १३ का २ जना भारतबाट आएका हुन् भने अन्य दुई जना कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो । सबै संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ९५ पुगेको छ । जसमा एक हजार ६ सय ३९ जना उपचारपछि निको भएका छन् ।








