• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रोगको प्रकोपले रित्तियो लामीडाँडाको सुन्तला बगान

  •   शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । कुनैबेला खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा सुन्तला उत्पादनका लागि प्रख्यात थियो । हाँगो निहुराएर फल्ने सुन्तला लामीडाँडा विमानस्थलबाट काठमाडौं र विराटनगरसम्म पुग्थे ।

    सुन्तला उत्पादनबाट लामीडाँडाका किसानले लोभलाग्दो आर्थिक उपार्जन गर्थे । लामीडाँडाको सयौं रोपनी जग्गामा लगाइएका सुन्तलाको हरियो झाङको दृश्य टाढा–टाढाबाट मनमोहक देखिन्थ्यो ।

    किसानको मुख्य आय श्रोत तिनै रहरलाग्दो सुन्तला बगान थियो । तर विगत दशक यता लामीडाँडाका सुन्तला क्रमशः मर्न थाले । निरन्तर बोट मर्न थालेपछि ८र९ वर्षकै अवधिमा लामीडाँडामा सुन्तला बगान रित्तिएको स्थानीय शिवकुमार बिश्वकर्माले बताए । अहिले बगानमा सुन्तलाको मरिसकेका र केही मर्न लागेका बोट मात्र बाँकी छन् । सुन्तलाको बोटले हरियाली देखिने लामीडाँडाको नांगो बनेको छ । शहर बजारसम्म पुर्‍याएर सुन्तला बिक्री गरेर पैसा हात पार्ने किसान उल्टै सुन्तला किनेर चाख्नुपर्ने अवस्थामा पुगेका छन् ।

    जिल्लाकै पुरानो बिमानस्थल रहेको लामीडाँडाका हरेक घरमा सुन्तला खेती थियो । प्रायः सबै घरमा कम्तीमा ३०–४० बोट सुन्तला लगाइएको थियो । रेवतीरमण पोखरेल, जयप्रसाद भट्टराई, ताराबहादुर श्रेष्ठ, गुञ्जबहादुर श्रेष्ठ, खिलाबहादुर श्रेष्ठ, लछुमन श्रेष्ठ, खिला राना मगर लगायत सुन्तला उत्पादनमा कहलिएका किसान थिए । तर अहिले सबैको बगान रित्तिएको छ । सुन्तलाको मरेका बोट ढालेर दाउरा बाल्ने गरिएको छ ।

    लामीडाँडामा लगाइएको सुन्तलामा ऐझेरु पलाउने, जरामा घ्यु कमिला लाग्ने, जरामा रोग लागेर छिन्ने, डाँक्ला कुहिने, पात पहेँलो हुँदै जाने, टुप्पाबाट पहेँलो हुँदै जाने र बोट मर्ने, दाना राम्ररी नपाक्ने, एउटै दानाको एकातिर पाकेको र अर्कोतिर काँचो हुने, बीचबाट दुई फ्याक बनाउँदा एकातिर ठूलो र अर्कोतिर सानो भाग देखिने समस्या देखिएको छ । विशेषगरी २०७२ सालको भूकम्पपछि क्रमशः सुन्तलाको बोट मर्न सुरु गरेको स्थानीय पुस्तनारायण श्रेष्ठले बताए ।

    लामीडाँडामा उत्पादित सुन्तला डोकोमा बोकेर खोटाङकै विभिन्न हाटबजारदेखि ओखलढुंगा, सोलुखुम्बुसम्म पुर्‍याइन्थे । लामीडाँडाको सुन्तला भनेपछि ग्राहकको पहिलो रोजाईमा पथ्र्यो । अधिकांश हिस्सा भने हवाईजहाज र हेलीकोप्टरमार्फत काठ्माण्डौं–बिराटनगर पुग्थ्यो । कोसेलीका रुपमा उत्तिकै प्रयोग हुन्थ्यो । खपत नभएका सुन्तला रक्सी उत्पादनमा प्रयोग हुन्थ्यो ।

    अहिले लामीडाँडाको सुन्तला बगानको विषय एकादेशको कथाझैं बनिसकेको छ । किसानले पुरानो बोट मरेको ठाउँमा नयाँ बोट हाल्ने प्रयास नगरेका भने होईनन् तर नयाँ बिरुवा पनि हुर्कन नपाउँदै मर्ने गरेको छ । रोपेका नयाँ बिरुवा पहेँलिएर मर्ने गरेको छ । सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउने, डाँठ कुहिने, टुप्पाबाट मर्दै जाने लगायतका समस्याबाट सुन्तलाको बगान रित्तिएको कृषि ज्ञान केन्द्र खोटाङका वाली संरक्षण अधिकृत रामनन्दन यादव बताउँछन् ।

    रोगको प्रकोपका कारण लामीडाँडाको मात्र नभएर समग्र जिल्लाकै सुन्तला उत्पादनमा र्‍हास आइरहेको छ । औंसा, सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउने लगायतका रोगका कारण सुन्तला बगान रित्तिएपछि कृषि ज्ञान केन्द्रले किसानलाई विषादि तथा उपकरण वितरण गरिरहेको छ ।

    ईकोहिमाल नामक संस्थाको पहलमा २०७८ कात्तिक २७ गते नमूना संकलन गरेर लागि पिसिआर परीक्षणका लागि २०७८ पुस २९ गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, विश्लेषणात्मक सेवा केन्द्र, खुमलटार पठाउँदा लामीडाँडाका ६ मध्ये ५ नमूनामा सिट्रस ग्रिनिङ पोजेटिभ पूष्टि भएको थियो । रित्तिएको सुन्तला बगानलाई पुःन जगाउनका लागि कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा औषधि तथा उपकरण वितरण गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.