• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ऐन मिच्दै लुम्बिनी विकास कोषले थाल्यो पक्की संरचना निर्माण

  •   शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल  । लुम्बिनी विकास कोषले ऐनविपरीत कपिलवस्तुमा भौतिक संरचना निर्माण थालेको छ । कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित् निकायको अनुमतिबिना पक्की संरचना निर्माण थालिएको हो । कुनै पनि ऐतिहासिक एवं पुरातात्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ ।

    तर, लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो । कोषले गोहिटवास्थित अशोक स्तम्भको पूर्वपट्टि स्थायी संरचना पक्की शौचालय निर्माण अघि बढाएको छ । डेढ साता अघिदेखि संरचना निर्माण भइरहेको छ । शौचालयका लागि ठूलो खाल्डो खनेर पक्की ट्याङ्की निर्माण गरिएको छ । प्राचीन स्मारक तथा पुरातात्विक स्थल संरक्षण गर्न बनाइएको प्राचीन स्मारक संरक्षण ऐनविपरीत सो निर्माण कार्य भएको छ ।

    कुनै पनि पुरातात्विक स्थलमा विभागको अनुमति वा स्वीकृतिबिना स्थायी संरचना निर्माण गर्न नपाइने पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । आफूहरूलाई गोटिहवामा निर्माण सुरु गरिएको संरचनाबारे केही थाहा नभएको उनले बताए । गोटिहवामा आउने पर्यटकलाई लक्षित गरी त्यहाँ शौचालय निर्माण गर्न लागिएको कोषका योजना प्रमुख सरोज भट्टराईले बताए । उनले भने, ‘कोषको पुरातत्व शाखाले जियोफिजिक्स सर्वे गरेर पुरातात्विक वस्तु नभएका ठाउँमा शौचालय निर्माण अघि बढाइएको छ ।’ जानीजानी आफ्नो सम्पदा नष्ट नगर्ने उनको भनाइ छ ।

    गोटिहवालाई क्रकुछन्द बुद्धको जन्मथलोका रूपमा मानिँदै आएको छ । यस क्षेत्रमा ईसापूर्व चौथो शताब्दीसम्म मानव बस्ती रहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन गरिएका अवशेषबाट प्रमाणित भएको पुरातत्वविद्हरू बताउँछन् । प्राचीन स्मारक संरक्षण ऐन–२०१३ को (१२) सजाय (ग) ले कुनै पनि पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनाधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानि नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगोबमोजिमको रकम असुल उपर गरी पाँच हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.