काठमाडौं: अध्यागमन कार्यालयले विदेशी नागरिकका लागि दिँदै आएको भिसा सेवा बन्द गरेको छ।
कोरोना भाइरसको संक्रमणको जोखिम हुनसक्ने उल्लेख गर्दै सरकारले भेला हुन प्रतिबन्ध लगाएकाले सेवा बन्द गरेको विभागले जनाएको छ।
विभागले भिसा सेवा आउँदो अप्रिल ३ सम्म बन्द रहने जनाएको छ। भिसा सेवा बन्द रहेको अवस्थामा नेपालमा २ देखि ३ सय विदेशीको भिसाको म्याद सकिने विभागले जनाएको छ।’भिसाको म्याद सकिए पनि उनीहरूलाई उड्ने बेला कुनै समस्या हुँदैन’, विभागका निर्देशक रामचन्द्र तिवारीले सेतोपाटीसँग भने, ‘म्याद सकिनेलाई पनि हामी जरिवाना छुट दिने तयारी गरिरहेका छौं।’
उडान प्रतिबन्धले नेपालमा अहिले झन्डै १० हजार विदेशी अड्किएको विभागले जनाएको छ।








