गैंडाकोट । नारायणी नदी किनारमा एक पुरूषको शव फेला परेको छ। गैंडाकोट नगरपालिका वडानम्वर ११मा पर्ने नारायणी नदी किनारमा बुधबार बिहान एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरले जनाएको छ। शव गैंडाकोट ११ को समसान घाट नजिक फेला परेको र शवको पहिचान भइनसकेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्र वहादुर थापाले जानकारी दिएका छन् शव नारायणी नदिले बगाएर ल्याएको हुन सक्ने आशंका गरिएको भएपनि शवको अनुसन्धान भइरहेको जनाइएको छ।








