• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

बिचौलियाको मारमा किसान

  •   बुधबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । किसानले एक कोसा केरा रु तीनदेखि चारमा बिक्री गर्ने गरेका छन् । त्यही केरा उपभोक्ताले प्रतिकोसा रु १० मा खरिद गर्न बाध्य छन् । रु तीनमा खरिद गरेर रु १० मा झन्डै ३३४ प्रतिशत नाफा लिएर केरा बिक्री गर्न पल्किएका बिचौलियाका कारण उपभोक्तहरु भरपुर ठगिएका हुन् । बडादसैँ नजिकिँदै गर्दा पनि केरा उत्पादक किसानले भने केराको उचित मूल्य पाउन सकेका छैनन् । तर, बिक्रेताले भने फाइदैफाइदा लिएका छन् । तीजपछि केराले मूल्य पाउन नसक्दा किसानले सधैँ उस्तैउस्तै मूल्यमा केरा बिक्री गर्न बाध्य छन् ।

    चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार अहिले किसानले प्रतिकोसा रु तीनदेखि चारका दरले बिक्री गर्न बाध्य छन् भन्नुहुन्छ । व्यवसायीले किसानहरुलाई उचित मूल्य दिन कठिन मान्ने गरेको उहाँले बताउनुभयो । अहिले देशभसर केरा उत्पादन भएकाले केराको मूल्य पाउन सकेका छैनन् । उहाँले भन्नुभयो, “केरा सस्तोमा बिक्री नगरे बारीमा नै मिल्काउनुपर्ने अवस्था छ । अहिले केराको मूल्य किसानले पाउन सकेका छैनन् ।” बजारमा उपभोक्ताले किन्दा दर्जनको रु १०० देखि रु १५० सम्म पाउने गरेको उहाँले बताउनुभयो । पहिले रु २०० सम्म उपभोक्ताहरुले पाउने गरेका थिए । किसानले मूल्य पाएको समयमा प्रतिकोसा रु पाँचदेखि आठसम्म जी नाइन र मालभोग प्रतिकोसा रु १० सम्म पाएका थिए । अहिले मूल्य घटेर जी नाइन रु तीन र मालभोग रु चारसम्ममा प्रतिकोसा बिक्री भइरहेको छ ।

    जिल्लामा तीन हजार बिघा क्षेत्रफलमा ७०० किसानले केरा लगाउँदै आएका छन् । बार्षिक ७० हजार मेट्रिक टन केरा उत्पादन हुन्छ । यस वर्ष केराको क्षेत्रफलसमेत बढेकाले उत्पादन पनि बढ्ने उहाँले बताउनुभयो । जिल्लामा सात लाख केराको बिरुवा बढेकाले उत्पादन पनि १० हजार मेट्रिक टन बढेर ८० हजार पुग्ने अनुमान गरिएको छ । केरा उत्पादन हुने मुख्य समय भएकाले केराको मूल्य घटेको हुनसक्ने उहाँले बताउनुभयो । नेपालमा केराखेती गर्ने किसानको साझा संस्था नेपाल केरा उत्पादक महासङ्घका संयोजक विष्णुहरि पन्त राज्यले बजार अनुगमन गरेर मूल्य समायोजन नगर्दासम्म उपभोक्ता मारमा पर्ने बताउनुहुन्छ ।

    कृषकले सस्तोमा दिने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने अवस्था अन्त्यका लागि स्थानीय प्रशासनले बजार अनुगमनमा कडाइ गरेर मूल्यमा एकरुपता ल्याउनुपर्ने छ । सरकारले गत वर्षको असोज ६ गते केरा आयातमा रोक लगाउने निर्णय गरेसँगै पुस ६ गतेबाट पूर्णरुपमा आयातमा प्रतिबन्द गरिएको थियो । जसका कारण नेपालमा उत्पादन भएका केराले मूल्य पाएको उहाँले बताउनुभयो । देशभरि व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढेपछि नेपाल केरामा आत्मनिर्भर बन्दै गएको छ । नेपाललाई हरेक वर्ष नौ लाख मेट्रिक टन केरा आवश्यक पर्छ । अघिल्लो वर्ष चार हजार बिघा क्षेत्रफलमा लगाएको केराखेती यस वर्ष २४ हजार बिघा क्षेत्रफलमा फैलिएको छ । पहाडी क्षेत्रमा समेत किसानले केराखेती गर्न थालेको उहाँले बताउनुभयो । नेपालमा अहिले आठ हजार किसानले व्यावसायिक रुपमा केराखेती गर्ने गरेका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.