• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

कुन प्रदेशमा कांग्रेसकाे भूमिका कस्तो ?

  •   शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं । प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनेका छन् । २९ पुसमा विश्वासको मत दिने क्रममा कांग्रेसले विपक्षमा मतदान गरेको थियो । सभामुखमा कांग्रेसले उम्मेदवार नउठाएपछि माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित बने । सभामुखमा उम्मेदवार नउठाएको कांग्रेसले उपसभामुखमा एकीकृत समाजवादीको समर्थनमा लीलाकुमारी राईलाई उम्मेदवार उठाएको थियो । एमालेकी सिर्जना दनुवार निर्वाचित भइन् । मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादवलाई कांग्रेसले विश्वासको मत दियो ।

    सभामुखमा कांग्रेसले जंगीलाल रायलाई उठाएको थियो । तर, एमालेबाट उम्मेदवार बनेका रामचन्द्र मण्डल सभामुखमा विजयी भए । उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी राउत इसर निर्वाचित बनेकी थिइन् । राउतविरुद्ध एकीकृत समाजवादीले कांग्रेसको समर्थनमा बेची लुंगेलीलाई उठाएको थियो । बागमती प्रदेशमा माओवादीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दियो । जम्कट्टेललाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिएको थियो ।

    बागमतीमा सत्तागठबन्धनबाट राप्रपाका भुवन पाठक सभामुखको उम्मेदवार बनेका थिए । कांग्रेसले सभामुखमा शिवराज अधिकारी र नेमकिपाले सिर्जना सायजूलाई उठाएको थियो । उपसभामुखमा एमालेकी अप्सरा चापागाईंले बाजी मार्दा कांग्रेसले सुना परियारलाई अगाडि सारेको थियो । उपसभामुखमा नेमकिपाले गीता काफ्लेलाई उम्मेदवार बनाएको थियो । बागमतीमा सभामुख र उपसभामुखको निर्वाचनमा एकीकृत समाजवादी भने तटस्थ बसेको थियो ।

    गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दा कांग्रेस विश्वासको मतको विपक्षमा उभियो । सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भए । कांग्रेसले धितालविरुद्ध सरस्वती अर्याललाई उम्मेदवार बनाएको थियो । उपसभामुखमा एमालेकी विना थापामगर निर्वाचित भइन् । उनीसँग प्रतिस्पर्धामा कांग्रेसले पार्वती तामाङलाई अगाडि सारेको थियो । लुम्बिनी प्रदेशमा एमालेका लीला गिरी मुख्यमन्त्री बने । उनलाई कांग्रेसले विश्वासको मत दिएन ।

    प्रदेशमा कांग्रेसले कुनै उम्मेदवारी नदिँदा सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण निर्विरोध निर्वाचित भए । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त भएका छन् । उनले १० माघमा विश्वासको मत लिने भएका छन् । यसमा कांग्रेसको भूमिका के हुने भन्ने स्पष्ट छैन ।

    सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छिन् । कांग्रेसले खड्गबहादुर पोखरेललाई उम्मेदवार बनाएको थियो । उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित हुँदा कांग्रेसले इन्द्राकुमारी शाहीलाई उम्मेदवार बनाएको थियो । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।

    उनले विश्वासको मत लिन बाँकी छ । तेस्रोपटक सभामुख निर्वाचित भएको प्रदेशमा माओवादीका भीमबहादुर भण्डारी निर्वाचित भए । कांग्रेसका मानबहादुर रावल पराजित भए । उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छिन् । उपसभामुखमा कांग्रेसले एकीकृत समाजवादीकी उम्मेदवार माया पन्तलाई समर्थन गरेको थियो ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.