गैंडाकोट । गैंडाकोट नगरपालिकामा थप १० जनामा कोभिड १९ को सक्रमण पुष्टी भएको छ । गत भदौ ९ गते भृकुटी चोकमा संकलन गरिएको १०४ स्वाव मध्ये १० जनामा कोभिड १९ संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा गैडाकोट २ का ५ जना र गैडाकोट ७ का ५ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमण पुष्टी हुनेहरुमा गैडाकोट २ का ४५,५६,६२ वर्षीय पुरुष र २९ , ५१ वर्षीय महिलामा संक्रमण देखिएको हो । त्यस्तै गैडाकोट ७ का ३ वर्षीय वालक सहित २५, २९,५०,५० वर्षीय महिलामा संक्रमण पुष्टी भएको छ । यो सँगै गैडाकोट नगरपालिकामा सक्रमतिको कुल सख्या ८७ पुगेको छ । ६० जना निको भएका छन् भने २७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमण पुष्टी हुनेहरु सवै कन्टयाक्ट ट्रेसिङका हुन वा अन्य त्यसको विवरण आउन वाँकी छ ।
त्यस्तै कावासोती का ३ जना ४५,४८ वर्षीय पुरुष र ३३ वर्षीय महिलामा संक्रमण पुष्टी भएको हो ।








