काठमाडौं । सत्तारुढ नेकपाको शनिबारका लागि तय गरिएको सचिवालय स्थगित भएको छ।
सदस्यहरुलाई अब बैठक १८ गते बस्ने जानकारी दिइएकाे छ।‘भोलिको लागी तय भएको बैठक स्थगित भएर १८ गतेलाई डाकिएको छ,’ पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालले भने। बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन।शनिबारको बैठक स्थगित भएको जानकारी सदस्यहरुलाई शुक्रबार दिइएको हो।








