काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधानअन्तर्गत नै हल गरेर अघि बढन आफूहरू सक्षम रहेको पटक-पटक दोहोर्याए।
शहीद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाई थियो ।








