• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

प्रचण्ड पाँच वर्षकै प्रधानमन्त्री हो, हामी निशर्त सघाउँछौं : शशांक कोइराला

  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको निशर्त सहयोग रहने बताएका छन् । उनले आफूहरुले राजनीतिक स्थायित्वको लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरुले वर्तमान सरकारलाई निशर्त सहयोग गर्ने सोच बनाएको बताए । उनले भने,‘हामी यो सरकारलाई निश्वार्थ सहयोग गर्छौं ।

    हामी सरकार बाहिर बसेर वा सरकारमै गएर भएपनि सहयोग गर्न तयार छौं । प्रधानमन्त्री प्रचण्ड ढुक्क हुनुहुन्छ ।’ उनले सरकारमा जाँदा आफूहरुले मन्त्रालयको बार्गेनिङ नगर्ने पनि स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीले जुन मन्त्रालय दिएपनि बसेर काम गर्न तयार छौं । उहाँ अब पाँच वर्षको प्रधानमन्त्री हो ।’ सत्ता गठबन्धनमा खटपट सुरु भएको बेला कांग्रेस शीर्ष नेताबाट यस्तो कुरा आएको हो । यसले पनि के देखाउँछ भने अब प्रधानमन्त्री दाहाल एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्ने मनशायमा पुगेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने उनको अडान यही उद्देश्यमा निहित रहेको कांग्रेस नेताहरुको पनि बुझाई छ । आजमात्रै रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्री नियुक्त नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । तर, दाहालले भने अहिले गृहमन्त्री नियुक्त गर्न नसकिने जवाफ दिएका थिए । दाहाल भने अहिले पार्टी पदाधिकारीको बैठकमा व्यस्त छन् । आजकै पदाधिकारी बैठकमार्फत उनले पार्टीबाट कसलाई गृहमन्त्री बनाउने भन्नेबारे निर्णय लिने तहमा पुगेको बुझिएको छ ।

    दाहालले वर्षमान पुनलाई गृहमन्त्री बनाउने तयारी गरेका थिए । तर, उनको स्वास्थ्यले साथ नदिएको कारण उनी शक्तिबहादुर बस्नेतलाई अघि सार्ने योजनामा छन् । राष्ट्रपतिको पनि निर्वाचनलाई मध्येनजर गरेर दाहाल दुरगामी कदम चाल्नेगरि अघि बढेका छन् । आज/भोलि नै सत्ता गठबन्धन भत्किन सक्ने चर्चा भैरहेको छ ।

    दाहाल राष्ट्रपतिमा पनि साझा व्यक्तिको खोजीमा छन् । राष्ट्रपतिको निर्वाचनमा आफ्नो दल निर्णायक शक्ति भएकोले उनी आफूअनुकुल व्यक्तिको खोजीमा छन् । उनी कांग्रेस नेतृत्वको सहमतिमा राष्ट्रपतिमा बाबुराम भट्टराईलाई अघि सार्ने तयारीमा छन् । यसमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ग्रिन–सिग्नल दिएका छन् । उता, कांग्रेसभित्र भने राष्ट्रपतिमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि आएको छ ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.