• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

मौलाकालिका हाइड्रोले ३८.१७ मेगावाटको आयोजना निर्माण गर्दै, लागत ८ अर्ब ७५ करोड हुने

  •   आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकाेट। मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ३८.१७ मेगावाटको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउने तयारी गरेको छ।सम्भाव्यता अध्ययन पुरा गरेको कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयारीसँगै स्वीकृति मागेको छ। इआइए स्वीकृत भएसँगै कम्पनीले निर्माण अघि बढाउने तयारी छ। हाइड्रोपावरका लागि नेपाल इन्भाइरोन्मेन्ट एण्ड डेभलपमेन्ट कन्सल्ट्याण्ट प्रालिले इआइए प्रतिवेदन तयार पारेको हो। आयोजना कालीगण्डकी नदीमा प्रस्ताव गरिएको छ।

    प्रस्तावित क्षेत्र तनहुँको देवघाट-१, ४ र ५, नवलपुरको गैंडाकोट-३ मा पर्छ। यो अर्ध-जलाशययुक्त अर्थात् पिकिङ रन अफ दि रिभर(पीआरओआर) प्रकृतिको आयोजना हुनेछ।प्रस्तावित जलविद्युत आयोजनको औसत वार्षिक ऊर्जा उत्पादन २३३.३४ गिगावाट आवर उत्पादन हुनेछ। सुक्खा मौसमको पिकिङ इनर्जी २८.८३ गिगावाट आवर र सुक्खा मौसमको अफ पिक इनर्जी ४०.८० गिगावाट आवर छ। बर्खाको १६३.७२ गिगावाट आवर उत्पादन हुनेछ। प्रस्तावित आयोजनाको पिकिङ आवर ४ घण्टा छ।

    कालीगण्डकी नदीको बायाँ किनारामा विद्युतगृह निर्माण गरिनेछ। ब्यारेजको ठिक तल बायाँपट्टी नै विद्युत गृह हुने गरी आयोजनाको डिजाइन गरिएको छ। इनटेक क्षेत्र टासी गाउँनजिकै थाक्पा नदी र कालीगण्डकी नदीको संगमको बायाँ किनारमा अवस्थित हुनेछ।प्रस्तावित विद्युतगृहदेखि १० किलोमिटर लामो सिंगल सर्किट प्रसारणलाइन चितवनस्थित न्यु भरतपुर सबस्टेसनमा जोडिनेछ। विद्युत उत्पादनका लागि प्रयोग गरिएको पानी टेलरेस क्यानलमार्फत पुन: कालीगण्डकी नदीमा नै खसाइनेछ।

    आयोजनाको सिभिल वर्क्सका लागि २ अर्ब ८३ करोड ४७ लाख रुपैयाँ, इलेक्ट्रो(मेकानिकल वर्क्सका लागि ८४ करोड ४० लाख, प्रसारणलाइनका लागि १६ करोड, सडक तथा पूर्वाधारका लागि १ करोड गरि कुल आर्थिक लागत ८ अर्ब ७५ करोड रुपैयाँ (ब्याज सहित) लागत अनुमान गरिएको छ। ब्याजबाहेक ५ अर्ब ९६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। दीर्घकालीन ऋणमा ७ प्रतिशत र अल्पकालीन ऋणमा ८ प्रतिशत ब्याजदर अनुमान गरिएको छ। इन्टर्नल रेट अफ रिटन १२.३८ प्रतिशत रहेको छ।

    सामान्य फिर्ता अवधि ६.५१ वर्ष र डिस्काउन्टेट फिर्ता अवधि १२.२१ वर्ष रहेको छ। रिटर्न अफ इक्विटी ९आरओइ० १६.२३ प्रतिशत रहेको छ।आयोजनाका लागि ४९.६१ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्छ। जसमध्ये ४०.७१ हेक्टर र ८.९ हेक्टर अस्थायी रुपमा प्रयोग हुनेछ। ३२.९ हेक्टर सरकारी र १६.७१ हेक्टर निजी जग्गा प्रयोग हुनेछ। नवलपुरबाट २४.०१ हेक्टर र तनहुँबाट २५.६ हेक्टर जग्गा अधिग्रहण हुनेछ। यो जलविद्युत आयोजना निर्माणपछि १४ किमि लम्बाइको कृत्रिम ताल निर्माण हुनेछ।

    रिसोर्ट संचालन, डुंगा सवारी जस्ता पर्यटकीय आकर्षणका काम गर्न सकिने सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ।आयोजनाले स्थानीयलाई रोजगारी उपलब्ध गराउनेछ। कालीगण्डकी किनारमा रहेको देवघाट प्रसिद्ध धार्मिक क्षेत्र हो।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.