चितवन । चितवनमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा चितवनका १९ सहित २९ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो । चितवनको भरतपुर महानगरपालिकाको विभिन्न वडाका ९ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको छ । रत्ननगरको वडा नम्बर १ को ३२ र ३७ बर्षिय दुईजना पुरुष , वडा नम्बर २ को ५३ बर्षिय एक महिला , वडा नम्बर १० को ६६ बर्षिय एक पुरुष , वडा नम्बर १४ को ३१ बर्षिय एक पुरुषमा , खैरहनीको वडा नम्बरको २ को ४१ बर्षिय एक परुष , वडा नम्बर ४ को २९ बर्षिय एक महिला , वडा नम्बर १३ को ३८ बर्षिय एक पुरुष , राप्ती नगरपालिका वडा नम्बर १ को ४६ बर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै मकवानपुरको एक पुरुष र एकजना महिला , नवलपुरको दुई पुरुष , दुई महिला , कैलालीको एक महिला र रुपन्देहीको एकजना पुरुषमा कोरोना पुष्टि भएको हो ।









