• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

सुनसान छ गुप्तेश्वर महादेव स्थान

  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मनोकाङ्क्षा पूरा हुने विश्वास गरिने पाँचथरको याङवरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेव स्थान अहिले सुनसान छ । गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने पूर्वी पहाडका दर्शनार्थीले विश्वास गर्ने गर्दछन् । तर, प्रचारको अभावमा गुप्तेश्वर महादेव स्थान पुग्ने दर्शनार्थीको सङ्ख्या निकै हुने गरेको छ । पाँचथरको याङवरक गाउँपालिका–३ ओयाममा रहेको गुप्तेश्वर महादेव स्थानमा गुफाभित्र गोरुको स्वरूपका महादेव रहनुभएको विश्वास गरिन्छ ।

    निरन्तर पानी बगिरहने यो गुफाभित्र विभिन्न देवाकृतिहरू देख्न सकिन्छ । महादेव गुफाभित्र रहेको विश्वासका कारण यस स्थानलाई गुप्तेश्वर महादेव स्थान भन्ने गरिएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पर्ने याङवरक–३ को ओयाम बजारबाट उक्त स्थानमा पुग्न सकिन्छ । गुप्तेश्वर महादेव स्थान नजिकै इङ्वाखोला जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण भइरहेका कारण सडकबाट बाह्रै महिना महादेव स्थानमा पुग्न सकिने स्थानीयवासी मचिन्द्र सेलिङले बताए ।

    ओयामका ९० वर्षीय लालबहादुर न्यौपानेका अनुसार साक्षात महादेवको दर्शन गुप्तेश्वर महादेव स्थानमा आएर गर्न सकिन्छ । यहाँ गाउँघरमा रहेको जनश्रुतिअनुसार गाई वस्तुले प्रत्येक दिन बाली खाइदिने भएपछि किसानहरूले केले बाली खायो भनेर खोजी गरेका थिए । एक दिन लुकेर ढुक्ने क्रममा एउटा कैलो गोरुले धान खान थाल्यो । किसानहरूले गोरुलाई लखेटे । गोरु अल्लोघारी रहेको घना जङ्गलतर्फ लाग्यो । भाग्ने क्रममा गोरु ढुङ्गामाथि चढेर हिँडेपछि देख्नेहरू आश्चर्यमा परे ।

    अहिले गुप्तेश्वर महादेव स्थान भएका ठाउँमा ‘गाईखुरे’ नामका ढुङ्गा छन् । गोरु हिँडेका पाइला भएका स्थानलाई नै गाईखुरे ढुङ्गा भनिएको किंवदन्ती रहेको छ । गोरु घुमेर अहिले महादेव स्थान रहेको स्थानबाट हरायो । गाउँघरका मानिसहरू भेला भएर खोज्दै जाँदा त्यहाँ महादेव स्थान रहेको पत्ता लाग्यो । गोरु छिरेको गुफाभित्र मूर्ति, देवाकृतिहरू र पानीको धारा भेटिएपछि यहाँ महादेव स्थान रहेको निष्कर्ष निकालिएको न्यौपानेको भनाइ छ । उक्त स्थानमा विसं १९६५ सालतिर मन्दिर निर्माण भएको स्थानीयवासी बताउँछन् ।

    सो समयमा उक्त क्षेत्रका अगुवा महासेठ बालन्द सुब्बाले मन्दिरको उत्थानमा ठूलो योगदान दिएको र मन्दिरमा धेरै घण्टहरू दान गरेको आफूहरूले पितापुर्खाबाट सुनेको वयोवृद्ध न्यौपानेको भनाइ छ । उक्त स्थानमा इन्द्रावती मेला लाग्ने गरेको थियो भने बालाचतुर्दशीका दिन सद्बिज छर्नेको घुइँचो हुन्थ्यो । महासेठ सुब्बाले दान गरेका ठूलठूला घण्टहरू भने हराएका छन् । यहाँ निर्माण भएको मन्दिर पनि निकै आकर्षक र पृथक छ । कालो दाल पिसेर भिजाई सिमेन्टका रूपमा प्रयोग गरिएका कारण मन्दिरको संरचना दर्विलो रहेको स्थानीयवासी बताउँछन् ।

    यस स्थानका ढुङ्गा पनि अन्यत्रका भन्दा फरक छन् । यस स्थानमा नयाँ मन्दिर निर्माण गर्ने कुराकानी चले पनि कालिगडले पुरानो मन्दिर भत्काउन नमानेपछि पुरानै मन्दिर कायम राखिएको छ । भगवानको शक्ति रहेकै कारण यहाँ रहेका ठूलाठूला रुख लड्दा मन्दिर जोगाएर आफैँ ढल्ने गरेको वयोवृद्ध न्यौपानेको भनाइ छ । गुफाभित्र ढुङ्गाको दियो रहेको छ । यहाँ निरन्तर पानी झरिरहन्छ । भगवान् शिवको मूर्तिमा पानीका थोपा झर्ने गरेको देख्न सकिन्छ ।

    गुफा डरलाग्दो रहेका कारण एक्लै जाँदा कठिन पर्ने गुप्तेश्वर महादेव स्थान संरक्षण समितिका उपाध्यक्ष सीताराम न्यौपानेको भनाइ छ । ‘यहाँको दृश्य हेर्दा भगवान् साक्षात रहेको अनुभूत गर्न सकिन्छ,’ उनले भने, ‘तर गुफाभित्र छिरेर दर्शन गर्न एक्लैलाई भने डर लाग्छ ।’ गुफा करिब १५ मिटर लामो छ । कतिपयले यस स्थानमा नाग पनि भेटेका छन् भने कतिपयले बेलुकीको समयमा गाई हिँड्डुल गरेको आवाज सुन्ने गरेका छन् ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.