• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितवनबासीले ‘गिरिजाबाबु’लाई गर्ने स्मरण

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ संस्थाले उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।

    कोइरालालाई मुलुकले पूर्वप्रधानमन्त्रीका साथै लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेताका रुपमा समेत स्मरण गर्दछ ।

    वर्तमान राजनीतिक उपलब्धि तत्कालीन दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको शान्ति सम्झौता र त्यसपछिको संविधानसभा निर्वाचनबाट मात्र सम्भव भएको थियो । जसमा स्वर्गीय कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कोइरालालाई बृहत्त शान्ति सम्झौताका एक हस्ताक्षरकर्ताका रुपमा पनि चिनिन्छ ।

    तर चितवनबासीका लागि भने उहाँलाई सम्झिनेरहने अन्य कारण पयिन छन् । उहाँकै नेतृत्वमा जिल्लामा भएका महत्वपूर्ण कामका लागि आज पनि चितवनबासी कोइरालालाई सम्झिरहन्छन् ।

    पचासको दशकमा जिल्लाले विकासको गति लिन सुरु ग¥यो । तत्कालिन जिल्ला विकास समितिका सभापति कृष्णलाल सापकोटाका अनुसार कोइराला प्रधानमन्त्री हुँदा चितवन राष्ट्रिय निकुञ्जभित्रको पदमपुर गाउँ विकास समिति निकुञ्ज बाहिर सारियो । त्यति नै बेला राप्तीमा बाढीका कारण पूर्वीचितवनका धेरैले जनधन गुमाए । त्यहाँ राप्ती तटबन्धनका लागि ड्याकको काम भएको उहाँ बताउनुहुन्छ ।

    भरतपुरमा चीन सरकारको सहयोगमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बन्यो । माडी आवतजावतका लागि राप्ती नदीमा पुल निर्माणको काम भयो । माडी ठोरी हुलाकी सडकको काम पनि त्यति बेला नै भएको सापकोटाको भनाइ छ । भारतीयको लगानी रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल चितवन ल्याउनुमा पनि कोइरालाको योगदान छ ।

    विगतलाई सम्झँदै सापकोटाले भन्नुभयो “गिरिजाबाबु चीन हुनुहुन्थ्यो, उहाँले मलाई फोन गर्नुभयो । चिनियाँहरुले बिपी बाबुको नाउँमा क्यान्सर अस्पताल खोल्न खोज्दैछन् । जग्गा खोज्न सकिन्छ ?” । मैले सकिन्छ भन्ने उत्तर फर्काएँ । आफू जिविस सभापति भएकाले उहाँले त्यहीबाट टेलिफोनमा सोधेको उहाँको भनाइ छ ।

    गिरिजाबाबु चीनबाट फर्किएपछि त्यहाँको चिनियाँ टोली चितवन आएको सापकोटाले सुनाउनुभयो । पूर्वी चितवनका कांग्रेस नेता शेषनाथ अधिकारीले त्यही क्षेत्रमा अस्पताल खोल्न चिनियाँ टोलीलाई जयमङ्गला र खैरहनी गौचरन देखाए पनि भरतपुरको जग्गामा चिनियाँहरु अस्पताल बनाउन राजी भएको सापकोटाले बताउनुभयो ।

    राप्ती नदीमा बाढीले ठूलो धनजनको क्षति गरेपछि त्यहाँ अनुगमनमा आइपुग्नु भएका कोइरालाले राप्तीमा तटबन्धन ड्याक मात्रै होइन, त्यहाँबाट माडी पुगेर पुल निर्माणको घोषणा गरेको सापकोटा बताउनुहुन्छ । विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पुल निर्माण कठिन भएपनि कोइरालाले जनताको आवश्यकतालाई महसुस गरी पुल बनाएको सापकोटा स्मरण गर्नुहुन्छ ।

    यससँगै भरतपुर–माडी ठोरी हुलाकी सडक निर्माणमा पनि कोइरालाकै योगदान छ । निकुञ्ज स्थापनाको समयमा तयहाँको पदमपुर गाउँपालिकालाई स्थानान्तरण गर्ने भनिए पनि सम्भव भएको थिएन । कोइराला प्रधानमन्त्री हुँदा निकुञ्जभित्रको बस्ती पदमपुर पूर्वी चितवनमा स्थानान्तरण गर्ने काम भएको छ ।

    पदमपुर स्थानान्तरण समितिका अध्यक्ष बाबुराम पुरीका अनुसार कोइरालाको उक्त निर्णयका कारण झण्डै दुई हजार चार सय घरधुरी पदमपुरवासीलाई हालको कालिका नगरपालिकामा सुरक्षित ठाउँमा स्थानान्तरण सम्भव भएको हो । उहाँले भन्नुभयो, “सिङ्गो गाउँ विकास समिति स्थानान्तरण सहज थिएन ।”

    “बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा बनेसँगै यहाँ भारतीयहरुको लगानीमा कलेज अफ मेडिकल साइन्सेस स्थापना भएको हो”, सापकोटाले विगतलाई सम्झँदै भन्नुभयो, “हामीले गिरिजाबाबुसँग डेलिगेसन गयौा, शुरुमा उहाँले त्यहाँ क्यान्सर अस्पताल छ, मेडिकल कलेजलाई नेपालगञ्ज लैजानुपर्छ भन्नुभयो । हामीले क्यान्सर अस्पताल भएकै कारण मेडिकल कलेज पनि चितवनमा चाहिन्छ भनेका थियौ ।”

    समय-समयमा मेडिकल कलेजका सञ्चालक डा भि नटराजप्रसादले गिरिजाबाबुले आफूहरुलाई यहाँ ल्याए पनि पछिल्ला वर्षमा सरकार र कांग्रेसले आफ्ना कुरा सुनुवाई नगरेको गुनासो गर्दै आउनु भएको छ ।

    नेपाली कांग्रेसका तत्कालिन सभापति टीकाराम न्यौपाने कोइराला प्रधानमन्त्री र यातायातमन्त्री खुमबहादुर खड्काका कारण हुलाकी सडक र पुलका काम भएको स्मरण गर्नुहुन्छ । “गिरिजाबाबुको पालामा जे जति काम चितवनमा भए त्यसपछि ठूला काम हुन सकेनन्”, उहाँले भन्नुभयो ।

    पार्टीको तर्फबाट गरिएका माग अनुसारका काम उहाँले गरेको न्यौपानेको भनाइ छ । जिल्लामा भएका कामहरुलाई अन्य पार्टीका नेताहरु पनि मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । नेकपा (एमाले)का पूर्व जिल्ला सचिव विजय सुवेदीले चितवनको विकास निर्माणमा कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । चितवन क्षेत्र नं. १ का पूर्वसांसद स्व जागृतप्रसाद भेटवाललाई उदृत गर्दै सुवेदीले पूर्वी चितवनमा ड्याक निर्माणका लागि अन्यत्रको बजेट काटेर यहाँ ल्याउन कोइरालाको योगदान रहेको बताउनुभयो ।

    नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कोइरालाको स्मरण गर्दै गर्दा देशभरमै महत्वपूर्ण विकासका काम चितवनमा भएको बताउनुभयो ।

    शिक्षा, स्वास्थ्य, यातायातलगायतका पूर्वाधारमा उहाँको योगदान स्मरणीय रहेको उहाँको भनाइ छ । कोइरालाकै पालामा पूर्वी चितवनमा दूध प्रशोधन उद्योग स्थापना भएपनि त्यसले भने सफलता प्राप्त गर्न नसकेको उहाँको भनाइ छ । कोइरालाको आज स्मृति दिवस मनाउँदै गर्दा जिल्लावासीले उहाँले गरेका महत्वपूर्ण विकास निर्माणका कामलाई सम्झिरहेका छन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.