• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहन्छ : नेता कोइराला

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहने बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज काठमाडौँमा आयोजना गरेको ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा उहाँले कांग्रेस सधैँ नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको हो ।

    “प्रेस स्वतन्त्रता बिना लोकतन्त्र फस्टाउन सक्दैन, कांग्रेसले सञ्चार क्षेत्र र प्रेस स्वतन्त्रतालाई सधैँ सकारात्मकरूपमा हेर्दै आएको छ”, उहाँले भन्नुभयो । उहाँले आगामी केही दिनभित्रै कांग्रेस सरकारमा जान लागेको जानकारी दिँदै कांग्रेसलाई सरकारमा गएर गल्ती गर्ने कुनै छुट नभएको बताउनुभयो । नेता डा कोइरालाले सरकारमा गएर दश दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसको भएको उल्लेख गर्नुभयो । वर्तमान सत्ता गठबन्धलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको भएको उहाँको भनाइ थियो ।

    कांग्रेस महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडो टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभयो । “शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पु¥याउन ढिलासुस्ती गरे भविष्यमा यसले थप जटिलता निम्याउन सक्छ, पीडितको भावनामाथि चोट पु¥याउने काम गर्नुहुँदैन”, उहाँले भन्नुभयो । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पु¥याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यताविपरीत जान नहुने उहाँको भनाइ थियो । महामन्त्री थापाले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने बताउनुभयो ।

    गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको उहाँको भनाइ थियो । कांगे्रस सहमहामन्त्री महालक्ष्मी (डिना) उपाध्यायले कांग्रेसभित्र रक्त सञ्चार गर्ने कुशल सङ्गठक गिरिजाबाबु भएको बताउनुभयो । “कांग्रेसभित्र विपी कोइरालाले सिद्धान्त दिनुभयो, गिरिजाबाबुले सङ्गठन विस्तार गर्नुभयो”, उहाँले भन्नुभयो । विद्यार्थी, महिला, तरुण, दलित, जनजाति, मजदुर सबैलाई उत्तिकै माया गर्ने नेता गिरिजाबाबु भएको उहाँको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले नेपालको राजनीतिलाई शान्ति प्रक्रियामा लैजान स्व गिरिजाबाबुको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

    सबै राजनीतिक शक्तिलाई सँगै लिएर अगाडि बढ्ने नेता गिरिजाबाबु भएको उहाँको भनाइ थियो । नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले नेपालको श्रमिक आन्दोलनलाई अगाडि बढाउन गिरिजाबाबुले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले प्रेस स्वतन्त्रताका लागि सधँै अगाडि बढ्ने गिरिजाबाबु शान्ति प्रक्रियाका नायक भएको बताउनुभयो ।

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, महासङ्घका पूर्वअध्यक्षहरू हरिहर विरही, तारानाथ दाहाल र विष्णु निष्ठुरी, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, नेपाल प्रेस युनियनका सल्लाहकार अनिता विन्दु, नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलिप पौडेललगायतले नागरिक स्वतन्त्रता आन्दोलनलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएका स्वर्गीय कोइराला निडर, निर्भीक र दृढ शक्ति भएको राजनीतिक नेता भएको बताउनुभएको थियो ।

    कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपालको पत्रकारिताको विकास र नेपाल प्रेस युनियन स्थापनामा गिरिजाबाबुको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.