• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

  •   आइतबार, चैत १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का गङ्गाकुमारी बेलवासेले मिटरब्याजी पीडितको समस्या तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा उहाँले मिटरब्याजी पीडितको समस्या तत्काल संशोधन गर्र्न आवश्यक कानून संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

    “मिटरब्याजी पीडितले ६० दिन आन्दोलन गरेपछि सरकारले पाँचबुँदे सहमति गरेर मिटरब्याजीको आन्दोलनलाई समाधान गर्ने खालको सहमति गरेको थियो, देशभरबाट तीन हजारबाट पीडितको निवेदन गृहमन्त्रालयमा परेको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सरकारले बनाएको कार्यदलले १० वटा कानून संशोधन गर्न सिफारिस गरेको छ, त्यो कानून जतिसक्दो छिटो संशोधन हुनुपर्ने जरुरी छ, कानून नहुँदा पीडितहरूरुले दुःख पाएका छन् ।” नेकपा (एमाले) का दिलकुमारी रावल थापाले धेरै प्राणघातक रोगले नागरिकले दुःख पाइरहेको अवस्थामा पीडितले उपचार प्रभावकारीरूपमा गर्न नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    उहाँले वीर अस्पताल, क्यान्सर अस्पताल भरतपुरजस्ता सरकारी अस्पतालमा पनि बिरामी परीक्षण गर्ने मेसिन नभएको उल्लेख गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका अनिता देवकोटाले देशमा रोजगारीको अवसर नदेखेर विद्यार्थीले एसइईको परीक्षापछि खाडीमा भेटुँला भनेको तस्बीर देखेर निकै मर्माहत बनाएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै देशमा युवालाई रोजगारी, शिक्षा र स्वास्थ्यको उचित वातावरण बनाउन आग्रह गर्नुभयो ।

    नेकपा (एकीकृत समाजवादी) का जयन्ती राईले नेपालीलाई वैदेशिक रोजागारी, शिक्षा, स्वास्थ्य आदिका लागि विदेश जानुपर्ने बाध्यताजस्तो देखा परेको र धेरै महिलाले वैदेशिक रोजगारीमा दुःख पाएर फर्र्किएको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गम्भीर भएर सोच्न आग्रह गर्नुभयो । वैदेशिक रोजगार व्यवसायीले नक्कली कागजात बनाएर नेपालीलाई विदेश पठाइरहेको हुनाले अवोध, गरिब निमुखा जनताले भोग्नुपरेको उल्लेख गर्दै उहाँले मानसिकरूपमा विक्षिप्त भएर फर्किएका नेपालीलाई समाजमा सम्मानपूर्वक बाँच्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

    सांसद बामदेव गौतमले देशमा सुशासन कायम गर्न वर्णाश्रम व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै वर्णाश्रमको व्यवस्थाले जातियताको रूप लिएको हुनाले अन्त्य गर्नुपर्नेमा सरकारसँग माग गर्नुभयो । नेकपा (एमाले) का तुलसाकुमारी दाहालले नेपालका अल्पसङ्ख्यक समुदाय राउटेलाई सरकारले उचित संरक्षण, सेचतनाको विकास गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपालमा एक सय ४५ राउटे ४२ परिवारमा बाँडिएर बस्ने गरेका र सरकारले सामाजिक सुरक्षा भत्तास्वरूप प्रतिव्यक्ति रु चार हजार दिने गरेको पनि सदुपयोग हुन नसकेको बताउनुभयो ।

    नेपाली कांग्रेसका युवराज शर्माले सामान्य जनताले थोरै मात्रामा ल्याएको खाद्य सामाग्रीलाई सीमा नाकामा समात्ने तर ठूला तस्करहरूलाई लाइन मिलाएर छोडिदिन गरेको कार्यप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र लक्ष्मी गैरेले एमसीसीमार्फत राष्ट्रिय गौरवको आयोजनामा विद्युत् प्रसारण लाइन पाँच वर्षभित्र सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ५–६ प्रतिशत मात्र काम भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    जनता समाजवादी पार्टी नेपाल मोहमद खालिदले मुस्लिम समुदायको मदरसा शिक्षालाई अझै पनि राज्यले मान्यता नदिएको तथा यस विषयमा सरकार सधैँं उदासीन हुँदै आएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहले सरकारले कृषि मलमा दिँदै आएको अनुदान कटौतीको निर्णयलाई फिर्ता लिएर सराहनीय काम गरेको बताउनुभयो । उहाँले वर्तमान सरकारले नागरिकताविहीन नागरिकको समस्यालाई पनि छिट्टैै समाधान गर्नेमा आफू विश्वस्त रहेको सुनाउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले छुवाछूत अन्त्य र दलितको उत्पीडनको अन्त्यका लागि राष्ट्रियसभाको अघिल्लो बैठकले सङ्कल्प प्रस्ताव पारित गरे पनि छुवाछूत र जातीय विभेदका घटना बढ्दै गइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । स्वतन्त्र सांसद खिमलाल देवकोटाले धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन चितवनस्थित क्रिकेट रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिएर बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    नेकपा (माओवादी केन्द्र) का जगप्रसाद शर्माले शान्ति प्रक्रियाका बाँकी काम वर्तमान सरकारले पूरा गर्नेमा आफू विश्वस्त रहेको र वर्तमान सरकारले गरेको पछिल्लो केही निर्णयह सकारात्मक रहेको दाबी गर्नुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.